२१ मंसिर २०८२, शनिबार । December 6, 2025

पहिरोले हेटौंडा–काठमाडौं जोड्ने विभिन्न सडकहरु अवरुद्ध



काठमाडौं । शुक्रबार रातिबाट निरन्तर परेको बर्षासँगै आएको बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग र सडकहरु अवरुद्ध भएका छन् ।

अविरल बर्षापछि खसेको पहिराले काठमाडौं–हेटौँडा जोड्ने विभिन्न मार्गहरु पनि अवरुद्ध भएका छन् । प्रहरीको अनुसार अविरल वर्षापछि आएको पहिरोको कारण हेटौंडा–सिस्नेरी–दक्षिणकाली सडक, कान्तिलोकपथ, हेटौंडा चखेल–मातातिर्थ सडक बन्द भएको छ ।

दक्षिणकाली सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ छेपारेमा वर्षाको कारण सडक माथिबाट पहिरो आई बाटो पुर्णरुपमा अवरुद्ध भएको छ । यस्तै सिस्नेरी सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध छ । यसैगरी मकवानपुरको इन्द्रसरोवर–५ महालक्ष्मी खोला नजिक पहिरो खस्दा मातातीर्थ, चखेल सडक खण्ड अवरुद्ध भएको छ । अहिलेपनि वर्षा भइरहेकोले सडख खुलाउन सकिएको छैन ।

त्यसैगरी कान्तिलोकपथ अन्तरगत मकवानपुर तथा ललितपुरको विभिन्न स्थानमा पहिरो जादा सडक अवरुद्ध भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको