३ कार्तिक २०८३, मंगलबार । October 21, 2026

युरोकप २०२४

आयोजक जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा


२२ असार २०८१, शनिबार  

1.8k
Shares

एजेन्सी । जारी युरोकप फुटबल २०२४ अन्तर्गत भएको खेलमा आयोजक जर्मनी क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

अधिकाँश भेट्रान र केही नयाँ खेलाडी भरिएको भरपर्दो टिम जर्मनलाई युवा खेलाडीको बाहुल्य रहेको स्पेनले घरेलु मैदानमा २–१ गोलको हार चखाउँदै स्तभ्द बनायो । निर्धारित ९० मिनेटको खेल एक एक गोलको बराबरीमा सकियो । सुरुवाती अग्रता लिएको स्पेनले खेलको ५१औं मिनेटमा युवा विंगर लामिन यामलका पासमा डानी ओल्मोको गोलबाट खाता खोलेको थियो ।

खेल सकिनै लाग्दा ८९औं मिनेटमा जर्मनले गोल गरेर खेल बराबरीमा पुर्यायो । त्यसपपछि खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयको १ सय १९औं मिनेटमा स्पेनका लागि माइकल मारिनोले गोल गरेर अघिल्लो चरणको यात्रा तय गराए । हारसँगै जर्मनी प्रतियोगिताबाट बाहिरिएको छ । जारी युरोकपमा स्पेन हालसम्म अपराजित छ ।

स्पेनले पाँच खेल जितिसकेको छ । समूहगत चरणमा पहिलो हुँदै स्पेन नकआउट चरणमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ४ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि