२३ बैशाख २०८३, बुधबार । May 7, 2026

युरोकप २०२४

आयोजक जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा


२२ असार २०८१, शनिबार  

1.8k
Shares

एजेन्सी । जारी युरोकप फुटबल २०२४ अन्तर्गत भएको खेलमा आयोजक जर्मनी क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

अधिकाँश भेट्रान र केही नयाँ खेलाडी भरिएको भरपर्दो टिम जर्मनलाई युवा खेलाडीको बाहुल्य रहेको स्पेनले घरेलु मैदानमा २–१ गोलको हार चखाउँदै स्तभ्द बनायो । निर्धारित ९० मिनेटको खेल एक एक गोलको बराबरीमा सकियो । सुरुवाती अग्रता लिएको स्पेनले खेलको ५१औं मिनेटमा युवा विंगर लामिन यामलका पासमा डानी ओल्मोको गोलबाट खाता खोलेको थियो ।

खेल सकिनै लाग्दा ८९औं मिनेटमा जर्मनले गोल गरेर खेल बराबरीमा पुर्यायो । त्यसपपछि खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयको १ सय १९औं मिनेटमा स्पेनका लागि माइकल मारिनोले गोल गरेर अघिल्लो चरणको यात्रा तय गराए । हारसँगै जर्मनी प्रतियोगिताबाट बाहिरिएको छ । जारी युरोकपमा स्पेन हालसम्म अपराजित छ ।

स्पेनले पाँच खेल जितिसकेको छ । समूहगत चरणमा पहिलो हुँदै स्पेन नकआउट चरणमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ४ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको