२० श्रावण २०८३, बुधबार । August 5, 2026

साताको अन्तिम कारोबारको दिन १५ अंकले बढ्यो नेप्से


२० असार २०८१, बिहिबार  

15
Shares

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार परिसूचक नेप्से १५ अंकले बढेर बन्द भएको छ ।

बिहीबार नेप्से परिसूचक १५ दशमलव ४६ अंकले बढेर २११९ दशमलव ६९ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्ड‍ेक्स ० दशमलव ४९ प्रतिशतले बढेर ३७४ दशमलव ७० विन्दुमा अडिएको छ। यसदिन ३१३ स्क्रिप्सको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर ६ अर्ब ४८ करोड २५लाख ४६ हजार ९८० रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले बढेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आँखुखोला जविद्युतको सेयर १० प्रतिशतले बढ्यो। समाज लघुवित्त वित्तिय संस्थाको सेयर ९ दशमलव २३ प्रतिशतले बढ्दा आराम्भ चौतारी लघुवित्तको ७ दशमलव ३३ प्रतिशत,सांग्रिला डेभलपेन्टको ६ दशमलव ४२ र एक्सेल डेभलपमेन्ट बैंकको सेयर ६ दशमलव ० प्रतिशतले बढ्यो।

यसदिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ३० करोड मूल्य बढिको सेयर कारोबार भयो। कारोबारमा आएका १ सय ४९ स्टकको मूल्य बढ्दा ९२ वटाको स्टकको मूल्य घट्यो। बाँकी ६ स्टकको मूल्य स्थिर रह्यो।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ४ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर