१८ पुस २०८२, शुक्रबार । January 2, 2026

ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारको पत्र



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ ।

बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि महर्जनलाई सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ । उनिविरुद्ध २०७७ सालमा आएको बाढी पहिरोबाट धापाखेल २४ मा बाढी पीडितलाई एक लाख पचास हजार र दुई लाख पचास हजार नगर कार्यपालिकाको निर्णय विपरीत नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानी हुने काम गरेको उजुरी परेको भन्दै पत्र काटेको अख्तियारले जनाएको छ ।

उनलाई असार २६ गते सक्कल नागरिकता र एक प्रति पासपोर्ट साइजको फोटो सहित आयोगको महाशाखा नं.३मा उपस्थिति भई अनुसन्धान कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ। बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो ।

आयोगकी आयुक्त अमात्यको घरमा महानगरले डोजर चलाए लगतै अख्तियारले मेयरलाई पत्र काटेको हो ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ११ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together