२३ बैशाख २०८३, बुधबार । May 7, 2026

टी–विश्वकप विजेता भारतीय टोली स्वदेश फिर्ता


२० असार २०८१, बिहिबार  

348
Shares

एजेन्सी । टी–२० विश्वकप २०२४ को उपाधि जितेको भारतीय टोली स्वदेश फिर्ता भएको छ ।

बार्बाडोसमा फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधि जितेको भारतीय टोली त्यहाँ आएको आँधीका कारण निर्धारित समय भन्दा ढिला गरी भारत आइपुगेको हो । विश्वकप विजेता भारतीय टोलीलाई भारत ल्याउनका लागि बीसीसीआईले चार्टर्ड विमानको व्यवस्था गरेको थियो । भारतीय टोलीका खेलाडीहरु स्वदेश फर्किए पछि उनीहरुको विमानस्थलमै समर्थकहरुले भव्य स्वागत गरेका छन् ।

भारतीय टिम विशेष उडान बिहान पौने ७ बजे दिल्ली एयरपोर्टमा अवतरण भएको थियो । खेलाडीलाई स्वागत गर्नका लागि समर्थकहरु भने विहान ३ बजेदेखि नै लाइनमा बसेका थिए । कप्तान रोहित शर्माले एयरपोर्टमा नै समर्थकहरुलाई टी–२० विश्वकपको ट्रफी देखाएका थिए । आजै बिहान ११ बजेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकप विजेता खेलाडीहरुलाई भेट्ने कार्यक्रम रहेको छ भने खेलाडीहरु भिक्ट्री परेडमा पनि सहभागी हुने छन् ।

उक्त परेडका लागि खेलाडीहरु मुम्बईको वान्खडे स्टेडियम पुग्ने छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ९ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको