२१ मंसिर २०८२, शनिबार । December 7, 2025

टी–विश्वकप विजेता भारतीय टोली स्वदेश फिर्ता



एजेन्सी । टी–२० विश्वकप २०२४ को उपाधि जितेको भारतीय टोली स्वदेश फिर्ता भएको छ ।

बार्बाडोसमा फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधि जितेको भारतीय टोली त्यहाँ आएको आँधीका कारण निर्धारित समय भन्दा ढिला गरी भारत आइपुगेको हो । विश्वकप विजेता भारतीय टोलीलाई भारत ल्याउनका लागि बीसीसीआईले चार्टर्ड विमानको व्यवस्था गरेको थियो । भारतीय टोलीका खेलाडीहरु स्वदेश फर्किए पछि उनीहरुको विमानस्थलमै समर्थकहरुले भव्य स्वागत गरेका छन् ।

भारतीय टिम विशेष उडान बिहान पौने ७ बजे दिल्ली एयरपोर्टमा अवतरण भएको थियो । खेलाडीलाई स्वागत गर्नका लागि समर्थकहरु भने विहान ३ बजेदेखि नै लाइनमा बसेका थिए । कप्तान रोहित शर्माले एयरपोर्टमा नै समर्थकहरुलाई टी–२० विश्वकपको ट्रफी देखाएका थिए । आजै बिहान ११ बजेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकप विजेता खेलाडीहरुलाई भेट्ने कार्यक्रम रहेको छ भने खेलाडीहरु भिक्ट्री परेडमा पनि सहभागी हुने छन् ।

उक्त परेडका लागि खेलाडीहरु मुम्बईको वान्खडे स्टेडियम पुग्ने छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ९ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको