५ कार्तिक २०८३, बिहिबार । October 22, 2026

अर्जेन्टिनाको ओलम्पिक टोलीमा परेनन् लियोनल मेसी


१९ असार २०८१, बुधबार  

2.6k
Shares

एजेन्सी । आगामी जुलाई २६ देखि अगस्ट ११ सम्म फ्रान्समा सुरु हुने पेरिस ओलम्पिकमा सहभागि हुने अर्जेन्टिनाको फुटबल टोलीमा स्टार खेलाडी लियोनल मेसी परेका छैनन् ।

जारी कोपा अमेरिका २०२४ मा आफ्नो प्रदर्शन गरिरहेका मेसीलाई चोटका कारण टोलीमा नसमेटिएको हो । मेसीले सन् २००८ मा चीनमा भएको बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए । मुख्य प्रशिक्षक जेभिएर माशेरानो घोषणा गरेको टोलीमा विश्वकप विजेता टिमका चार जना खेलाडी छन् । जसमा स्ट्राइकर जुलियन अल्भारेज र निकोलस ओटामेन्डी समावेश छन् ।

ओलम्पिकमा २३ वर्षमुनिको राष्ट्रिय टिमले खेल्छन् तर प्रत्येक टिममा २३ वर्षभन्दा माथिका चार जना खेलाडी राख्न पाइन्छ । ओलम्पिक पुरुष फुटबलमा अर्जेन्टिना समूह ‘बी’ मा छ ।

यो समूहमा अर्जेन्टिनासँगै मोरक्को, इराक र युक्रेन छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ३ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि