९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

भारतको एक धार्मिक सभामा भागदौडः मृत्यु हुनेको संख्या १ सय २२ पुग्यो


१९ असार २०८१, बुधबार  

345
Shares

एजेन्सी । भारतको उत्तर प्रदेशमा मंगलबार एउटा धार्मिक सभामा भएको भागदौडमा मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ ।

त्यस्तै अन्य धेरै व्यक्ति घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मृतकमध्ये हालसम्म ७२ जनाको पहिचान खुलेको टाइम्स अफ इन्डियाले जनाएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । मंगलबार युपीको हाथरस शहर नजिकै एक धार्मिक प्रचारकको प्रवचन कार्यक्रम थियो ।

प्रवचन सुन्न आएका सयौं मानिस कार्यक्रम सकेर बाहिर निस्किँदै गर्दा भागदौड हुँदा धेरै व्यक्तिले ज्यान गुमाएका हुन् । भागदौडका कारण धेरै मान्छेको किचिएर मृत्यु भएको र शवहरू एकमाथि अर्को लडेको अवस्थामा फेला परेको स्थानीय प्रहरी अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको