१८ पुस २०८२, शुक्रबार । January 2, 2026

भारतको एक धार्मिक सभामा भागदौडः मृत्यु हुनेको संख्या १ सय २२ पुग्यो



एजेन्सी । भारतको उत्तर प्रदेशमा मंगलबार एउटा धार्मिक सभामा भएको भागदौडमा मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ ।

त्यस्तै अन्य धेरै व्यक्ति घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मृतकमध्ये हालसम्म ७२ जनाको पहिचान खुलेको टाइम्स अफ इन्डियाले जनाएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । मंगलबार युपीको हाथरस शहर नजिकै एक धार्मिक प्रचारकको प्रवचन कार्यक्रम थियो ।

प्रवचन सुन्न आएका सयौं मानिस कार्यक्रम सकेर बाहिर निस्किँदै गर्दा भागदौड हुँदा धेरै व्यक्तिले ज्यान गुमाएका हुन् । भागदौडका कारण धेरै मान्छेको किचिएर मृत्यु भएको र शवहरू एकमाथि अर्को लडेको अवस्थामा फेला परेको स्थानीय प्रहरी अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together