काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ ।
साल्ट ट्रेडिङको सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको मूल्य ३ रुपैयाँले बढाएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जारी गरेको विज्ञप्ति अनुसार नुनको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।
नयाँ मूल्यसुची अनुसार प्रतिकिलो २३ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ ।
हेर्नुहोस् साल्ट ट्रेडिङको मुल्य सूचि…

प्रतिक्रिया