२९ चैत्र २०८२, आइतबार । April 13, 2026

टिपरको ठक्करबाट महिलाको मृत्यु, उर्लाबारी तनावग्रस्त, प्रहरी कार्यालय तोडफोड


१७ असार २०८१, सोमबार  

30
Shares

मोरङ । टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि सोमबार साँझबाट मोरङको उर्लाबारी तनावग्रस्त बनेको छ।

घटनापछि आक्रोसित भएर प्रदर्शनमा उत्रिएका स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारीमा ढुंगामुडा गरिरहेका छन्। स्थानीयको प्रदर्शनका कारण पूर्व–पश्चिम लोकमार्गमा सवारी आवागमन बन्द भएको छ। मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई साँझ ६ः५० बजेतिर ठक्कर दिँदा दुर्घटना थियो ।

दुर्घटनामा परि उर्लाबारी–६ की अन्दाजी २७ वर्षीया सीता बोहोराको मृत्यु भएको हो। गम्भीर घाइते भएकी बोहोराको उपचारका क्रममा मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा साँझ ७ः३० बजेतिर मृत्यु भएको हो ।

दुर्घटनामा मृतकका छोरा अन्दाजी ९ वर्षीय प्रशान्त बोहोरा घाइते भएका छन्।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व