४ असार २०८३, बिहिबार । June 18, 2026

युरोकप २०२४

स्लोभाकियालाई पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा


१७ असार २०८१, सोमबार  

171
Shares

एजेन्सी । जारी युरोकप २०२४ अन्तर्गत गएराति भएको खेलमा स्लोभाकियालाई २–१ गोलले पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ज्युड बेलिंघमले इन्ज्युरी समयमा गोल गर्दै इंग्ल्याण्डलाई हारबाट जोगाएका थिए। ९० मिनेटपछि ६ मिनेट थपिएको अतिरिक्त समयको पाँचौं मिनेटमा बेलिंघमले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो। त्यसअघि २५ औं मिनेटमा स्लोभाकियाका इभान स्क्रन्जले गोल गर्दा इंग्ल्याण्ड १–० गोलले पछाडि परेको थियो।

बेलिंघमले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको पहिलो मिनेटमै ह्यारी केनले हेडमार्फत उत्कृष्ट गोल गरेपछि इंग्ल्याण्ड २–१ गोलले अघि बढेको थियो।

उनको त्यो गोल निर्णायक बन्दा इंग्ल्याण्डले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो। पराजय भएको स्लोभाकिया प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा