४ असार २०८३, बिहिबार । June 18, 2026

साताको पहिलो कारोबारको दिन दोहोरो अंकले घट्यो नेप्से


१६ असार २०८१, आइतबार  

9
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १४ दशमलव ८३ अंकले घट्दै २ हजार ३७ दशमलव ०९ विन्दुमा झरेको छ ।

आइतबार दोहोरो अंकले नेप्से सूचक घट्दा ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँ बराबरको ९१ लाख ७८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा बढी १२ करोड ८८ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने आइतबार जानकी फाइनान्स कम्पनीको ११ करोड ९८ लाख ५७ हजार रुपैयाँ बराबरको र युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लिमिटेडको १० करोड ३९ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

आइतबार फाइनान्स समूह र म्यानु एण्ड प्रो समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । यी दुई समूहको उपसूचक भने आइतबार क्रमशः ० दशमलव ३४ प्रतिशत र ० दशमलव ०३ प्रतिशतले मात्र बढेका छन् । कूल २४६ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदा आइतबार जम्मा ४९ कम्पनीको मूल्य बढेको छ भने १ सय ९० कम्पनीको घटेको छ ।

७ कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ३ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा