१८ पुस २०८२, शुक्रबार । January 2, 2026

‘राहुल द्रविड’ जसले खेलाडीको रुपमा विश्वकप जित्न सकेनन् प्रशिक्षक बनेर जिते



एजेन्सी । भारतीय सिनियर क्रिकेट टोलीका मुख्य प्रशिक्षक राहुल द्रविड प्रशिक्षकको भुमिकाबाट विदा भएका छन् ।

भारतलाई दोस्रो पटक टी–२० विश्वकप क्रिकेटको उपाधि दिलाएर उनी विदा भएका हुन् । पद छोडेपछि राहुल द्रविडले टी–२० विश्वकपमा भारतीय टिमले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । उनले यो जित सम्भव बनाउन कप्तान रोहित शर्मासहित भारतीय टोली र सपोर्ट स्टाफलाई धन्यवाद समेत दिएका छन् ।

पद छाड्दै गर्दा उनले भनेका छन, ‘खेलाडीको हैसियतले मैले विश्वकप जित्न सकिनँ । म त्यति भाग्यमानी थिइनँ तर जहिले पनि खेलेँ मैले आफ्नो उत्कृष्ट दिएँ । विश्वकप जित्न नसकेका धेरै खेलाडी छन् । तर म भाग्यमानी थिएँ कि मैले भारतीय टोलीको प्रशिक्षक बन्ने मौका पाएँ।’ उनले भने, ‘हाम्रा खेलाडीहरूको यो समूहले जित सम्भव बनायो।

रोहित र यो टोलीसँग काम गर्दा मलाई रमाइलो लाग्यो। म खुसी छु कि हामीले सक्दो गर्‍यौँ। म भाग्यशाली थिए कि प्रशिक्षक र सहयोगी स्टाफको समूह छ जसले हामीलाई यो विश्वकप जिताउन मद्दत गर्‍यो।’

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ११ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य