७ कार्तिक २०८३, शनिबार । October 24, 2026

भारतलाई विश्वकपको उपाधि दिलाएर विदा भए राहुल द्रविड


१६ असार २०८१, आइतबार  

18.6k
Shares

एजेन्सी । विश्व क्रिकेटको महारथी भारतले १७ बर्षपछि दोस्रो पटक टी–२० विश्वकप २०२४ को उपाधि उचालेको छ ।

गएराति भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि चुमेको हो । विश्वकपको उपाधिसँगै भारतले मुख्य प्रशिक्षक राहुल द्रविडलाई बिदाइ समेत गरेको छ । आफ्नो तीन बर्षे कार्यकालको अन्तिम खेलमा भारतलाई विश्वकप दिलाएर द्रविडले सुखद विदाई लिएका छन् ।

सिनियर क्रिकेट करिअरमा उनको यो पहिलो विश्वकप उपाधि समेत हो । ओडीआई र टेस्टका विश्वकै एक सफल ब्याटर उनी २०२१ नोभेम्बरमा रवि शास्त्रीको स्थानमा भारतको मुख्य प्रशिक्षक बनेका थिए । उनको मुख्य प्रशिक्षकमा भारत सन् २०२२ को टी–२० विश्वकपमा सेमिफाइनल, २०२३ को विश्व टेस्ट च्याम्पियनसिप फाइनल र एकदिवसीय विश्वकप फाइनल खेलेको थियो । गत नोभेम्बरमा घरेलु मैदानमा एकदिवसीय विश्वकपमा लगातार १० खेल जिते पनि अन्तिममा फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो । त्यस्तै द्रविडको प्रशिक्षणमा भारतले २०२३ को एसिया कप उपाधि पनि जितेको थियो ।

२०२४ विश्वकपमा लगातार ९ खेलमा अपराजित रहँदै भारतले विश्वकप क्रिकेट खेलेको हो । द्रविडको प्रशिक्षणमा भारतले ५६ ओडीआईमा ४१, ६९ टी–२० आईमा ४८ तथा पाँच टेस्ट सिरिज जित, दुई बराबर र एक सिरिज हारेको थियो । भारतीय सिनियर टोलीमा आउनु अघि उनी यू–१९, भारत ए र नेशनल क्रिकेट एकेडेमीको मुख्य प्रशिक्षक थिए ।

भारतले उनको प्रशिक्षणमा २०१८ मा यू–१९ विश्वकप उपाधि जितेको थियो । २०१६ र २०२० को यू–१९ विश्वकपको फाइनलमा हार्न पुगेको थियो ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ११ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि