१७ पुस २०८२, बिहिबार । January 2, 2026

रौतहटको सडकमै पल्टियो गुडिरहेको बस, एकको मृत्यु, १३ घाइते



रौतहट । रौतहटमा यात्रुवाहक बस पल्टिँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

शनिबार सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना७ख ८४१४ नम्बरको यात्रुबाहक बस जयनगर चोकमा अनियन्त्रित भई पल्टिएको हो। बस पल्टिएर माधव नारायण नगरपालिका–३ भेलही गाउँकी १८ वर्षीया नेहा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते हुनेहरुमा परोहा नगरपालिका–३ तेजापाकडका देवंश कुमार दास, गौर–१ की रन्जु देवी दास, गौर–४ का राकेश चन्द्रवंशी छन् । यसैगरी वर्ष ५ की शिवानी कुमारी, वर्ष ३ की सोहानी तथा वर्ष १ की मधुकुमारी पनि सामान्य घाइते भएका छन् ।

यस्तै भारत बिहारको मधुवनी बासोपटीका ४७ वर्षीय अविनाश झा पनि घाइते भएका छन्। झाकी पत्नी ३५ वर्षीया निकी झा, छोरी २ वर्षीया तथा सोही स्थानका वर्ष ६५ की सुधिना झा पनि घाइते भएको प्रहरीले जनाएको छ। घाइते १३ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको बसमा १५ देखि २० जना सबार रहेका थिए । दुर्घटना भएको बसका चालक फरार छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। पुरानो बसलाई तीव्र गतिमा कुदाएका कारण अनियन्त्रित भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

घाइते हुनेमा महिला तथा बालबालिकाको संख्या बढी रहेको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १२ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य