३० चैत्र २०८२, सोमबार । April 13, 2026

रौतहटको सडकमै पल्टियो गुडिरहेको बस, एकको मृत्यु, १३ घाइते


१५ असार २०८१, शनिबार  

144
Shares

रौतहट । रौतहटमा यात्रुवाहक बस पल्टिँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

शनिबार सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना७ख ८४१४ नम्बरको यात्रुबाहक बस जयनगर चोकमा अनियन्त्रित भई पल्टिएको हो। बस पल्टिएर माधव नारायण नगरपालिका–३ भेलही गाउँकी १८ वर्षीया नेहा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते हुनेहरुमा परोहा नगरपालिका–३ तेजापाकडका देवंश कुमार दास, गौर–१ की रन्जु देवी दास, गौर–४ का राकेश चन्द्रवंशी छन् । यसैगरी वर्ष ५ की शिवानी कुमारी, वर्ष ३ की सोहानी तथा वर्ष १ की मधुकुमारी पनि सामान्य घाइते भएका छन् ।

यस्तै भारत बिहारको मधुवनी बासोपटीका ४७ वर्षीय अविनाश झा पनि घाइते भएका छन्। झाकी पत्नी ३५ वर्षीया निकी झा, छोरी २ वर्षीया तथा सोही स्थानका वर्ष ६५ की सुधिना झा पनि घाइते भएको प्रहरीले जनाएको छ। घाइते १३ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको बसमा १५ देखि २० जना सबार रहेका थिए । दुर्घटना भएको बसका चालक फरार छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। पुरानो बसलाई तीव्र गतिमा कुदाएका कारण अनियन्त्रित भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

घाइते हुनेमा महिला तथा बालबालिकाको संख्या बढी रहेको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १२ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व