१७ जेष्ठ २०८३, आइतबार । June 1, 2026

बिहीबार ८ दशमलव २४ अंकले घट्यो नेप्से


१३ असार २०८१, बिहिबार  

9
Shares

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ८ दशमलव २४ अंकले घटेर २०५१ अंकमा कायम भएको छ ।

नेप्से घटेपनि कुल ३ अर्ब ७१ करोडको कारोबार भएको थियो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २ दशमलव २३ प्रतिशतले घट्यो । बैंकिङ ० दशमलव ०९ तथा अन्य समूह १५ अंक बढे । व्यापार ४०, निर्जीवन बीमा ७०, माइक्रोफाइनान्स ४३, उत्पादन ७५, जीवन बीमा ९९, हाइड्रोपावर ११, होटल तथा पर्यटन २७ र विकास बैंक समूह १७ अंक घटे ।

त्रिशूली जलविद्युत्को मूल्य सबैभन्दा धेरै ७ प्रतिशत बढ्यो । मैलुङखोला जलविद्युतको ५ दशमलव ६, माण्डु हाइड्रोपावरको ३ दशमलव ८, हिमालयन पावरको ३ दशमलव ७, माउन्टेन हाइड्रो नेपालको ३ दशमलव ७ प्रतिशत मूल्य बढ्यो । मूल्य धेरै बढ्नेमा बैंक तथा वित्तीय संस्थाका ऋणपत्र पनि अगाडि रहे । नेपाल फाइनान्सको मूल्य १० प्रतिशत घटेको छ ।

शिवश्री हाइड्रोको ७ दशमलव ८, स्वेतगंगा हाइड्रोको ३ दशमलव ७ प्रतिशत मूल्य घट्यो ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ३ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था