३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

अन्तर्राष्ट्रिय क्रिकेटबाट डेभिड वार्नरको सन्यास घोषणा


११ असार २०८१, मंगलबार  

198
Shares

एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ चरणबाटै बाहिरिएपछि अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

वार्नरले सन्यास घोषणा गर्दै आफ्नो १५ वर्षे अन्तर्राष्ट्रिय करियरमा पूर्णबिराम लगाएको बताएका छन् । आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा वार्नरले भारतविरुद्ध मात्र ६ रन बनाउन सके। वार्नरले आफ्नो अन्तिम वान डे गत नोभेम्बरमा भएको विश्वकपमा भारतविरुद्ध र टेष्ट गत जनवरीमा पाकिस्तानविरुद्ध खेलेका थिए।

३७ वर्षे वार्नरले पहिलो टी २० र पहिलो वान डे २००९ को जेनवरीमा साउथ अफ्रिकाविरुद्ध तथा पहिलो टेष्ट २०११ मा न्युजिल्यान्डविरुद्ध खेलेका थिए। आफ्नो अन्तर्राष्ट्रिय करियरमा उनले १ सय १२ वटा टेष्ट म्याचमा ८ हजार ७ सय ८६ रन र १ सय ६१ वान डे म्याचमा ६ हजार ९ सय ३२ रन र १ सय १० वटा टी–२० म्याचमा ३ हजार २ सय ७७ रन बनाएका छन् ।

जारी विश्वकपको सुपर–८ चरण अन्तर्गत गएराति भएको खेलमा अस्ट्रेलिया भारतसँग २४ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १२ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि