१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

टी–२० विश्वकप

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा


११ असार २०८१, मंगलबार  

471
Shares

एजेन्सी । जारी आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ चरणको मंगलबार बिहान भएको अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशमाथि रोमाञ्चक जित हात पारेको छ।

सुपर ८ को अन्तिम खेलमा बङ्गलादेशलाई ८ रनले हराउँदै अफगानिस्तानले ऐतिहासिक जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ। अफगानिस्तानको जितसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ । अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।बंगलादेशका लागि ओपनर लिट्टन दासले सर्वाधिक ५४ रन बनाए । त्यस्तै तोहिद हृदोयले ९ बलमा १४ रन जोडे । त्यस्तै, सौम्य सरकारले १० बलमा १० रनको योगदान दिए ।

अफगानिस्तानका कप्तान रासिद खानले घातक बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । उनी टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा चाँडो १ सय ५० विकेट लिने खेलाडी पनि बने । उनले न्युजिल्यान्डका टीम साउथीको कीर्तिमान तोडेका हुन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । अ

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १० : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली