१२ असार २०८३, शुक्रबार । June 27, 2026

हज यात्राः गर्मीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय नाघ्यो


१० असार २०८१, सोमबार  

6
Shares

एजेन्सी । हज यात्राका लागि विभिन्न देशहरुबाट साउदी अरब पुगेकाहरु मध्ये गर्मीका कारण मृत्यु हुने संख्या १ हजार ३ सय नाघेको छ ।

साउदी सरकारले हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३ सय १ रहेको पुष्टि गरेको छ । साउदी अधिकारीहरुका अनुसार मृतकमध्ये अधिकांस अनाधिकृत तीर्थयात्रीहरू छन् उनीहरुले चर्को गर्मीमा लामो दूरीसम्म पैदल यात्रा गरेका थिए । ज्यान गुमाउनेमध्ये तीन चौथाई भन्दा बढीसँग त्यहाँ जाने आधिकारिक अनुमति नभएको साउदी सरकारको दाबी छ ।

साउदी अरेबियाको राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार मक्काको तापक्रम ५१ द्यशमलव ८ डिग्री सेल्सियससम्म पुगेको छ । मृतकहरु मध्ये ६ सय ५८ जना इजिप्टका नागरिक भएको बताइएको छ । इन्डोनेसियाले आफ्ना २ सय भन्दा बढी नागरिकको ज्यान गुमाएको बताएको छ भने भारतले ९८ जनाको मृत्यु भएको जनाएको छ । पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सेनेगल, सुडानले पनि आफ्ना नागरिकको मृत्यु भएको बताएका छन् ।

हजका लागि यस वर्ष करिब १८ लाख मानिस मक्का मदिना पुगेको साउदी अरेबियाले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर