१७ पुस २०८२, बिहिबार । January 2, 2026

हज यात्राः गर्मीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय नाघ्यो



एजेन्सी । हज यात्राका लागि विभिन्न देशहरुबाट साउदी अरब पुगेकाहरु मध्ये गर्मीका कारण मृत्यु हुने संख्या १ हजार ३ सय नाघेको छ ।

साउदी सरकारले हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३ सय १ रहेको पुष्टि गरेको छ । साउदी अधिकारीहरुका अनुसार मृतकमध्ये अधिकांस अनाधिकृत तीर्थयात्रीहरू छन् उनीहरुले चर्को गर्मीमा लामो दूरीसम्म पैदल यात्रा गरेका थिए । ज्यान गुमाउनेमध्ये तीन चौथाई भन्दा बढीसँग त्यहाँ जाने आधिकारिक अनुमति नभएको साउदी सरकारको दाबी छ ।

साउदी अरेबियाको राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार मक्काको तापक्रम ५१ द्यशमलव ८ डिग्री सेल्सियससम्म पुगेको छ । मृतकहरु मध्ये ६ सय ५८ जना इजिप्टका नागरिक भएको बताइएको छ । इन्डोनेसियाले आफ्ना २ सय भन्दा बढी नागरिकको ज्यान गुमाएको बताएको छ भने भारतले ९८ जनाको मृत्यु भएको जनाएको छ । पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सेनेगल, सुडानले पनि आफ्ना नागरिकको मृत्यु भएको बताएका छन् ।

हजका लागि यस वर्ष करिब १८ लाख मानिस मक्का मदिना पुगेको साउदी अरेबियाले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य