२१ मंसिर २०८२, शनिबार । December 7, 2025

टी–२० विश्वकप

दक्षिण अफ्रिकासामु जितका लागि १ सय ३६ रनको लक्ष्य



एजेन्सी । जारी टी–२० विश्वकप अन्तर्गत यतिबेला भइरहेको खेलमा आयोजक वेस्ट इन्डिजले दक्षिण अफ्रिकासामु जितका लागि १ सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको हो । वेस्ट इन्डिजका लागि रोस्ट चेसले अर्धशतकीय इनिङ्स खेले । उनले ४२ बलमा ५२ रन जोडे । यस क्रममा उनले ३ चौका र २ छक्का प्रहार गरे ।दक्षिण अफ्रिकाका लागि ताब्रियाज साम्सीले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै मात्र २७ रन खर्चिए । कागिसो रबाडा, मार्को यानसेन, ऐडन मार्क्रम र केशव महाराजले १–१ विकेट लिए ।

टी–२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउने होडमा वेस्ट इन्डिज र दक्षिण अफ्रिका छन् । समूह २ बाट यसअघि नै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ । आजको खेलले समूहबाट दोस्रो टोलीको टुङ्गो लाग्नेछ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ८ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको