२९ चैत्र २०८२, आइतबार । April 13, 2026

असार ९ गते आईतबार दिनभर के–के भयो ?

जीबीलाई भगाउने रविनै हुन् ! मुख्यसचिव अर्याल भ्रष्टाचारी ! राजदूत पद अस्वीकार ! बाजुरामा नुन अभाव ! मन्त्री फेर्न नसके बालुवाटरबाट डेरा सर्ने ! डेंगु फैलिने चेतावनी…


९ असार २०८१, आइतबार  

51
Shares

मुख्यसचिव अर्याल भ्रष्टाचारी !
नेपाल सरकारका मुख्यसचिव डा.बैकुण्ठ अर्याल भ्रष्टाचारी भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आइतबार मुख्यसचिव अर्यालसचि १२ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबी गर्दै अख्तियारले उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा परेसँगै उनी स्वतः निलम्बनमा परेका छन् । मुख्यसचिव अर्याल निलम्बनमा परेपछि वरिष्ठतम् सचिव लीलादेवी गड्तौला निमित्त मुख्यसचिव भएकी छन् ।

सुशील प्याकुरेलद्वरा राजदूत पद अस्वीकार
मानव अधिकारकर्मी सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि नेपाली राजदूत बन्न अस्वीकार गरेका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकले ८ देशका लागि राजदूत सिफारिस गरेको थियो । जसमा प्याकुरेललाई दक्षिण कोरियाका लागि प्रस्ताव गरिएको थियो । तर उनले आफ्नो सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा संकेत नदिएको बताएका छन् । उनले आफ्नो सिफारिस फिर्ता लिन आग्रह गर्दै आइतबार प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता समेत गरेका छन् ।

बाजुरामा नुन अभाव
बाजुरामा आयोडिनयुक्त नुनको अभाव देखिएको छ । नुनको अभाव भएपछि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले हप्तामा एकदिन मात्र वितरण गर्ने गरेको छ । जसले गर्दा बाजुराबासीलाई बिक्री केन्द्रमा घण्टौं लाइन बस्दा पनि नुन नपाउने अवस्था देखिएको छ । कोटा कम हुँदा, बर्षातको समयमा नुन ढुवानी गर्न समस्या हुँदा र तस्करीले गर्दा अभाव भएको साल्ट ट्रेडिङले बताएको छ । बाजुरामा गत चैतदेखिनै नुन अभाव रहेको छ ।

जीबीलाई भगाउने रविनै हुन् !
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा प्रहरीले खोजी गरिरहेका जीबी राईको लोकेसन पत्ता लागिसक्यो भन्ने गृहमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् । उनले यो आफ्नो व्यवसायिक साथीलाई भगाउने नियत त होइन भन्दै प्रश्न समेत गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री शर्माले गृहमन्त्रीले चितवनमा दिएको अभिव्यक्तिबारे प्रश्न उठाएका हुन् । लामिछानेले चितवनमा पुगेर जीबी राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका थिए ।

मन्त्री फेर्न नसके बालुवाटरबाट डेरा सर्ने
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चालु आर्थिक वर्षको समानीकरण अनुदान स्थानीय तहलाई दिनुपर्ने बताएका छन् । उनले समानीकरण अनुदान संघीय सरकारले दिने बकस नभई जिम्मेवारीको कुरा भएको बताए । त्यस्तै यो अनुदान स्थानीय सरकारको संवैधानिक हक र संघीय सरकारको संवैधानिक दायित्व भएको पनि उनको भनाई थियो । स्थानीय सरकारका प्रमुखहरुले प्रधानमन्त्री भेटेर वित्तीय समानीकरण अनुदान माग्दा प्रधानमन्त्रीले आफ्नो त मन भएको तर मन्त्रीले नमानेको टिप्पाी गरेको भन्दै थापाले त्यस्तो नटेर्ने मन्त्री फेर्न आग्रह गरे । मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न समेत आग्रह गरेका छन् ।

डेंगु फैलिने चेतावनी
सरकारले यस बर्ष डेंगु बढ्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस वर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले लामखुट्टेको प्रजनन्‌का लागि अनुकूल वातावरण बन्ने र संक्रमित संख्या बढ्न सक्ने चेतावनी दिएको हो । गत ६ महिनामा ७२ वटा जिल्लाबाट १ हजार २ सय ४१ जना डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व