१७ पुस २०८२, बिहिबार । January 1, 2026

टी–२० विश्वकप

वेस्ट इन्डिजसामु निरीह बन्यो अमेरिका



एजेन्सी । जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको शनिबार बिहान सम्पन्न खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले अमेरिकालाई नौ विकेटको फराकिलो अन्तरले हराएको छ ।

जितसँगै वेस्ट इन्डिजले सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राखेको छ । लगातार दोस्रो हारसँगै अमेरिकाको सेमिफाइनल पुग्ने सम्भावना भने कमजोर बनेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले १९ दशमलव ५ ओभरमा अलआउट हुनुअघि एक सय २८ रन बनाएको थियो । वेस्ट इन्डिजले भने १० दशमलव ५ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । वेस्ट इन्डिजको जितमा ओपनर ब्याट्सम्यान साई होपले उत्कृष्ट अर्धशतकीय पाली खेले ।

उनले अविजित ८२ रन बनाए । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका उनले आठ छक्का र चार चौका हिर्काए । अर्का ओपनर जोन्सन चाल्र्स भने १५ रन बनाउँदै पेभेलियन फर्किए । साई होप र जोन्सन चाल्र्सले ओपनिङ विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।

वेस्ट इन्डिजका लागि तेस्रो नम्बरका ब्याट्सम्यान निकोलस पुरनले पनि अविजित २७ रनको योगदान गरेका थिए । उनले केवल १२ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काए ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ९ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य