१७ पुस २०८२, बिहिबार । January 1, 2026

युरोकप २०२४

समूह चरणबाटै बाहिरियो पोल्यान्ड्स, अस्ट्रियासँग ३–१ गोल अन्तरले पराजित



एजेन्सी । जारी युरोकप २०२४ को समूह चरण अन्तर्गत समूह डी को गएराति भएको खेलमा अस्ट्रियाले पोल्यान्ड्सलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

अस्ट्रियाको जितमा जेनोट टुरनियर, क्रिस्टोफ बाउमगार्टनर र मार्को अर्नाउठोभिकले एक–एक गोल गरे । पोल्यान्डका लागि क्रिजस्टोफ पियाटेकले गरेको एकमात्र गोल सान्त्वनामा परिणत भयो । खेलको नौं मिनेटमा जेनोटको गोलबाट अस्ट्रियाले सुरुआती अग्रता बनाएको थियो ।

तर, ३०औं मिनेटमा क्रिजस्फोटले गोल गरेपछि पोल्यान्डले खेल १–१ को बराबरी अबस्थामा ल्याएको थियो । ६६औं मिनेटमा क्रिस्टोफले गोल गरेपछि अस्ट्रिया खेलमा २–१ ले अघि बढ्यो । ७८औं मिनेटमा अस्ट्रियाका लागि कप्तान मार्कोले गोल गर्दै ३–१ को जित दिलाए । जितसँगै दुई खेलबाट अस्ट्रियाले तीन अंक जोडेर तेस्रो स्थानमा छ ।

पराजित पोल्यान्ड भने युरोको समूह चरणबाटै विदा भएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य