४ असार २०८३, बिहिबार । June 18, 2026

टी–२० विश्वकप

दक्षिण अफ्रिकाको अपराजित यात्रा कायम, इङ्ल्याण्ड ७ रनले पराजित


८ असार २०८१, शनिबार  

24
Shares

एजेन्सी । जारी आईसीसी टी–२० विश्वकपको सुपर–८ चरणको गएराति भएको खेलमा दक्षिण अफ्रिकाले इङ्ल्याण्डलाई ७ रनले पराजित गरेको छ ।

ड्यारेन सामी राष्ट्रिय क्रिकेट स्टेडियम, सेन्ट लुसियामा भएको खेलमा दक्षिण अफ्रिकासँग इङ्ल्याण्ड पराजित भएको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन मात्रै बनाउन सक्यो । इङ्‌गल्याण्डका लागि ह्यारी ब्रुकले सर्वाधिक ५३ रनको योगदान दिए ।

३७ बलको सामना गरेका ब्रुकले ७ चौका प्रहार गरेका थिए । यस्तै, लियाम लिभिङस्टोनले ३३ रन जोड्दा कप्तान जस बट्लरले १७, जोनी बेयरस्टोले १६, फिल साल्टले ११ र मोइन अलीले ९ रन जोड्दा साम कुरान १० र जोफ्रा आर्चर १ रनमा नटआउट रहे । दक्षिण अफ्रिकाका लागि कगिसो रबाडा र केशव महाराजले समान २/२ तथा ओटनिल बार्टम्यान र एनरिक नोर्टजेले १/१ विकेट लिएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रनको योगफल तयार पारेको थियो ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा