१ कार्तिक २०८३, आइतबार । October 18, 2026

कोपा अमेरिका २०२४

अर्जेन्टिनाको विजयी शुरूआत, क्यानडा २–० ले पराजित


७ असार २०८१, शुक्रबार  

27
Shares

एजेन्सी । २०२४ संस्करणको कोपा अमेरिकामा साविक विजेता अर्जेन्टिनाले विजयी शुरूआत गरेको छ ।

एटलान्टामा शुक्रबार बिहान भएको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले हराएको हो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र लौतारो मार्टिनेजले १–१ गोल गरे । खेलको ४९औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । यस्तै, ८८औं मिनेटमा अर्जेन्टिनाले दोस्रो गोल गर्‍यो । मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए । अर्जेन्टिना रहेको समूह ए मा क्यानडासहित पेरू र चिली रहेका छन् ।

अर्जेन्टिनाको दोस्रो खेल बुधवार बिहान चिलीविरुद्ध हुनेछ ।प्रतियोगितामा दक्षिण अमेरिका, उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेबियन क्षेत्रका गरी १६ टोलीले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ८ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि