१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

टी–२० विश्वकप

भारतको अपराजित यात्रा जारी, अफगानिस्तान ४७ रनले पराजित


७ असार २०८१, शुक्रबार  

1.8k
Shares

एजेन्सी । जारी आईसीसी टी–२० विश्वकपमा गएराति भएको खेलमा भारतले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

सुपर–८ अन्तर्गत समूह १ को पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले पराजित गर्दै भारतले आफ्नो अपराजित यात्रा कायम राखेको हो । भारतले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रनमात्र बनाउन सक्यो । अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए ।

२० बलमा उनले २ चौका र १ छक्का प्रहार गरे । नजिबुल्लाह जादरानले १७ बलमा १९ रन जोडे भने गुलबदिन नाइबले २१ बलमा १७ रन बनाए । मोहम्मद नाबीले १४ रन तथा रहमनुल्लाह गुरबाजले ११ रनको योगदान दिए । भारतका लागि जसप्रित बुमराहले ४ ओभर बलिङ गर्दै १ मेडेन राखेर मात्र ७ रन खर्चँदै ३ विकेट लिए । अर्शदीप सिंहले पनि ३ विकेट हासिल गरे । उनले ४ ओभरमा ३६ रन खर्चिए । कुल्दीप यादवले २ तथा रवीन्द्र जडेजाले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ४ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली