४ असार २०८३, बिहिबार । June 19, 2026

फिफा विश्व वरीयतामा नेपालको तीन स्थान सुधार


६ असार २०८१, बिहिबार  

6
Shares

काठमाडौं । फिफा वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गर्दै १ सय ६८औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १ सय ७१औँ स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा छ । गत मे महिनाको अन्तिममा पछिल्लोपटक फिफाको वरीयता सार्वजनिक हुँदा नेपालको अंक ९ सय ६८ रहेको थियो ।

अहिलेको नयाँ वरीयतामा नेपालले चार अंक बटुल्दै ९ सय ७२ बनाएको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेका छन् । भारत १ सय ५औँ स्थानमा छ भने माल्दिभ्स १ सय ५८औँ स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । बंगलादेश १ सय ८८औँ स्थानमा छ भने भुटान १ सय ८७औँ स्थानमा छ ।

त्यस्तै, पाकिस्तान १ सय ९८औँ स्थानमा रहँदा श्रीलंका २ सय ५औँ स्थानमा छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ३ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा