१७ पुस २०८२, बिहिबार । January 1, 2026

फिफा विश्व वरीयतामा नेपालको तीन स्थान सुधार



काठमाडौं । फिफा वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गर्दै १ सय ६८औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १ सय ७१औँ स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा छ । गत मे महिनाको अन्तिममा पछिल्लोपटक फिफाको वरीयता सार्वजनिक हुँदा नेपालको अंक ९ सय ६८ रहेको थियो ।

अहिलेको नयाँ वरीयतामा नेपालले चार अंक बटुल्दै ९ सय ७२ बनाएको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेका छन् । भारत १ सय ५औँ स्थानमा छ भने माल्दिभ्स १ सय ५८औँ स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । बंगलादेश १ सय ८८औँ स्थानमा छ भने भुटान १ सय ८७औँ स्थानमा छ ।

त्यस्तै, पाकिस्तान १ सय ९८औँ स्थानमा रहँदा श्रीलंका २ सय ५औँ स्थानमा छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ३ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य