काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १० दशमलव ४४ अंकले घटेको छ ।
सो गिरावटपछि नेप्से परिसूचक २०६८ अंकमा रहेर यो साता बन्द भएको छ । परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३ अर्ब ८७ करोडको भयो । ५२ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने ८ को स्थिर रह्यो । फाइनानस १.८२ प्रतिशत बढ्यो भने अरु क्षेत्रगत सूचकहरु घटेका छन् ।बैंकिङ ६, विकास बैंक ३४, होटल तथा पर्यटन ४९, हाइड्रोपावर १५, जीवन बीमा ८२, उत्पादन १०, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ३३, अन्य ७ र ब्यापार समूह २० अंक घटे ।
कालिका लघुवित्तको ७.७, बाराही हाइड्रोपावरको ६.६, गुडविल फाइनान्सको ५.४ तथा ग्रीन भेन्चरको मूल्य ५ प्रतिशत बढ्यो ।
प्रतिक्रिया