१ कार्तिक २०८३, आइतबार । October 18, 2026

टी–२० विश्वकप

बुधबारदेखि सुपर–८ चरणका खेल सुरु, यस्तो छ तालिका…


४ असार २०८१, मंगलबार  

7.1k
Shares

एजेन्सी । वेष्टइन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा पहिलो चरण अर्थात समूह चरणका खेलहरु सकिएका छन् ।

नेपाली समय अनुसार बुधबार रातिदेखि सुपर–८ चरणका खेलहरु सुरु हुनेछन् । सुपर–८ चरणमा पुग्ने ८ वटा टोलीको समूह विभाजन गरेर आईसीसीले खेल तालिका सार्वजनिक गरेको छ । जसमा सुपर–८ मा पुगेका ८ वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । ‘सुपर–८ चारण’ को ‘समूह–१’ मा अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश र भारत रहेका छन् । ‘समूह–२’ मा भने इङ्गल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज रहेका छन् ।

अमेरिका पहिलो सहभागितामै टी–२० विश्वकपको ‘सुपर–८ चारण’ मा पुगेको हो । प्रतियोगिताको ‘सुपर–८ चारण’ को पहिलो खेल नेपाली समय अनुसार, बुधबार राति २०ः१५ बजे आयोजक अमेरिका र दक्षिण अफ्रिकाबिच खेलिने छ । दोस्रो खेल असार ६ गते बिहान ६ः१५ बजे इङ्गल्यान्ड विरुद्ध वेस्ट इन्डिजको हुनेछ । त्यस्तै तेस्रो खेल पनि सोहि दिन राति ८ बजेर १५ मिनेटमा अफगानिस्तान विरुद्ध भारत हुनेछ ।

अर्को खेल असार ७ गते बिहान ६ः१५ मा अस्ट्रेलिया विरुद्ध बङ्गलादेश, असार ७ गते राति ८ः१५ मा इङ्गल्यान्ड विरुद्ध दक्षिण अफ्रिका को हुनेछ । असार ८ गते राति ८ः१५ बजे भारत विरुद्ध बङ्गलादेश, असार ९ गते बिहान ६ः१५ बजे अफगानिस्तान विरुद्ध अस्ट्रेलिया, असार ९ गते राति ८ः१५ बजे अमेरिका विरुद्ध इङ्गल्यान्डको हुनेछ । यस्तै असार १० गते बिहान ६ः१५ बजे वेस्ट इन्डिज विरुद्ध दक्षिण अफ्रिका, असार १० गते राति ८ः१५ बजे अस्ट्रेलिया विरुद्ध भारत, असार ११ गते बिहान ६ः१५ बजे अफगानिस्तान विरुद्ध बङ्गलादेश गरि सुपर–८ चरणमा जम्मा १२ वटा खेल हुनेछन् ।

‘सुपर–८ चारण’ को समाप्तिपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १० : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि