७ चैत्र २०८२, शनिबार । March 21, 2026

सरकारको नियत: पहिला भत्कियोस् अनि बनाउँला !

मनसुनी विपद न्यूनिकरणको पूर्व तयारी सँधै नामको मात्रै, रोकथाम भन्दा उद्दार केन्द्रित, त्यसकै बजेटपनि सँधै फ्रिज



काठमाडौं । नेपालमा यस वर्षको मनसुन भित्रिसकेको छ । करिब ८३ प्रतिशत पहाडी भूभागबाट सिर्जित जलप्रकोप तराईका बाँकि १७ प्रतिशत भूभाग हुदै गंगामा गएर मिसिने हुँदा नेपाल अबको ३ महिना मनसुनजन्य बिपद बाढी, पहिरो र डुबानको समस्यामा जेलिने छ ।

गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको आँकलन अनुसार यस वर्ष मनसुन जन्य विपद्बाट करिब १८ लाख १ हजार व्यक्ति र ४ लाख १२ हजार घरधुरी कुनै न कुनै रुपमा प्रभावित हुनसक्ने अनुमान छ । त्यसैगरि, मनसुनजन्य विपदबाट ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र १८ हजार घर परिवारलाई मनसुनजन्य विपदमा उद्धार तथा राहत दिनु पर्ने आँकलन पनि गरिएको छ ।

त्यसैले गृहमन्त्रालयले विपद प्रतिकार्य र पुर्वतयारी कमाण्ड पोष्टको स्थापना गरि प्रभावकारी कार्यान्वयनको नीति अवलम्बन गरिएको जनाएको छ । तर गृहले पूर्व तयारीको रुपमा विपद पछी गरिने उद्दार कार्य कसरि गर्ने भन्ने भाष्य मात्र निर्माण गरेको पाईन्छ ।

भौगोलिक विविधता, अनियन्त्रित विकास निर्माण प्रणाली, वतावरण र मनसुनमा आएको बदलाव र जोखिम नियन्त्रण सम्बन्धि ज्ञानको कमि जस्ता जटिल कारणले वार्षिक रुपमा नेपालमा मनसुन जन्य विपद बढ्दो छ । प्रकृतिको तान्डव सँग लड्नु र जित्नु मनवको बसमा रहेको कुरा त होइन तर समयमै सावधानी अपनाउँदा क्षति भने कम गर्न सकिन्छ ।

बेलैमा जोखिमयुक्त स्थानको पहिचान गरि रोकथामको उपाय अपनाउने हो भने पहाडी भूभागको पहिरो र तराईको डुबान नियन्त्रण गर्न सकिने कुरा हुन् । आर्थिक बर्षको उत्तरार्ध, मनसुनको सुरवाती समयमा तीनै तहको सरकारको सडक लगायत अन्य संरचना निर्माणको काम मारामार रुपमा चलिरहेको छ ।

जसका कारण जमिन कमजोर र माटो खुकुलो भएको अवस्था छ । सडक निर्माणका क्रममा पानीको निकासका लागि नाला काटिएको छैन, आवश्यक ठाउँमा पर्खाल लगाइएको छैन । त्यति मात्र होइन शहर केन्द्रित विकासले गाउँहरु रित्तो हुँदैछ जस कारण खेतीयोग्य जमिनको ठुलो भुभाग बाँझो छ ।

विकासका आधुनिक खाका तयार पारेर हामी मख्ख छौँ तर वास्तविकतामा यस्ता मोडल विध्वंशकारी सावित हुँदै छ । पहिले गाउँका पाखा पखेरामा भल काटेर तर्काउने, भिरालो जमिनमा पर्खाल लगाएर मर्मत सम्भार गरि खेतीपाती गर्ने गरिन्थ्यो । अहिले न त जमिनलाई बाँधिएको छ, न त पहिरो सम्भावित क्षेत्रलाई निगरानीमा राखिएको छ ।

मनसुनमा आएको बदलावले अतिवृष्टि बढ्दो छ । जसकारण खुकुलो जमिन गल्ने र बगाउने हँुदा बाढी र पहिरोको जोखिम बढ्दो छ । गाउँका वस्तिहरुलाइ फाँटले लोभ्याएको छ जसकारण नदि किनारमा जनघनत्व बढ्दो छ । नदि अतिक्रमण गरि घर बन्नु र बनाउनु उपलब्धि मानिन्छ, जब वर्षा सुरु हुन्छ, वस्तीहरु डुबानले चुर्लुम्म हुन्छन् ।

यो वर्तमान नेपालको वैज्ञानिक विकास र विकशित मानव सभ्यताको यथार्थ चित्रण हो । विशेष गरि भौतिक संरचना निर्माणमा भैरहेको अनियन्त्रित विकास न्यूनीकरण, रोकथाम वा भूगोल र वातावरण सुहाउँदो विकास निमार्ण प्रणाली अवलम्बन गर्नु आजको आवश्यकता हो ।

सडक खन्दा निस्किएको माटो र नाला व्यवस्थापन हुन नसकुन्जेल अनियन्त्रित रुपमा सडकको ट्रयाक खोल्ने कार्य बन्द गरिनु पर्छ । पुर्बजको ज्ञान केन्द्रित मनसुन विपदमुक्त खेतिपति र वस्ती सचेतना जस्ता उपाय अवलम्वन गर्ने हो भने पहिरो र बाढीका अप्रिय घटना धेरै कम हुनसक्छ । यो वर्षको मनसुन भित्रिसकेको छ ।

पुर्वी नेपालका धेरै जिल्लाहरुमा बाढी र पहिरोका कारण दर्जनौँ घरपरिवार विस्थापित भएका छन् भने भौतिक संरचनाहरुमा पुगेको क्षतिको विवरणहरु आइरहेका छन् । अघिल्ला वर्षमा उठिवास लागेका मनसुनजन्य विपद पिडितहरुको अवस्थामा कुनै सुधार छैन ।

सरकार क्षति हुन नदिन के गर्ने भन्दा पनि क्षतिपश्चातको पूर्वतयारीको खाका बनाउँछ, बजेट छुट्याउँछ । त्यसमापनि विपद् व्यवस्थापनका लागि छुट्याइएको बजेट बेरुजु वा अन्य शीर्षकमा रुपान्तरण भएको पाइन्छ । स्थानीय सरकारले बजेटलाई बेरुजु पठाउनु भन्दा प्रलय अघिनै नागरिक सचेतना र प्रकोप निगरानीमा आवश्यक जनशक्ति प्रयोगमा विशेष ध्यान दिने, प्रदेश र केन्द्रले रोकथाम र नियन्त्रण, राहत र पुनर्वासको कार्य गर्ने हो भने बिपद नियन्त्रण प्रभावकारी हुन सक्छ ।

केन्द्र सरकार यानि गृह मन्त्रालय प्रदेश तथा स्थानीय सरकार ले विपद पूर्वका पूर्वतयारी गर्न आवश्यक छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ८ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो