विश्वकपबाट बाहिरियो नेपाल
टी–२० विश्वकपमा नेपालले खराब ब्याटिङ प्रर्दशनका कारण ३ वटै खेलमा हारको नतिजा लिएर घर फर्किने भएको छ । सोमबार बिहान समूह चरणको अन्तिम खेलमा समेत बंगलादेशसँग २१ रनले पराजित भएपछि जितविहीन रहँदै नेपाल विश्वकपबाट बाहिरिएको हो । जितका लागि बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य समेत नेपालले भेट्टाउन सकेन ।
सन्दीपको विश्व रेकर्ड
नेपालका लेगस्पिनर सन्दीप लामिछाने टी–२० आईमा एक सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत सोमबार भएको बंगलादेशविरुद्धको खेलमा दुई विकेट लिँदै सन्दीपले ५३ औँ खेलमा १ सय विकेट पूरा गरेका हुन् । यो सँगै टी–२० आईमा सय विकेट पुरा गर्ने खेलाडीको दोस्रो नम्बारमा सन्दीपको नाम दर्ज भएको छ ।
माओवादी–एमाले सम्बन्ध कस्तो ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष ओलीले बजेटप्रति पोखेको असन्तुष्टिमा सत्यता नभएको बताएका छन् । चितवनमा पत्रकारहरुले ओलीले बजेटप्रति राखेको धारणाबारे प्रधामन्त्रीलाई प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले केपी शर्मा ओलीले सरकारको बजेटमाथि असन्तुष्टि जनाएको जस्ता मात्रै गरेको प्रतिक्रिया दिएका थिए ।
काठमाडौंमा मेलम्चीको पानी बन्द हुने
मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो । मनसुन सक्रिए भए पनि ठूलो वर्षा भएको छैन । वर्षाका कारण मेलम्ची नदी धमिलो हुन सुरु भएमा सोको १० मिनेटभित्र मेलम्ची बन्द गर्न सकिने समितिले जनाएको छ ।
पेट्रोलियम पदार्थ आपूर्ति सुरु
आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीचको छलफलमा सहमति जुटेसँगै आजैदेखि पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने भएको छ । नेपाल आयल निगमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिनभित्र मजदुरका माग सम्बोधन गर्ने सर्त सहित सहमति जुटेसँगै आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु भएको छ ।
आफूमात्रै होइन देशको भविष्य सोचौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत स्वार्थ र आफ्नो भविष्यमात्रै नहर्न आग्रह गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत स्वार्थ र निजी भविष्यका लागि मात्र नभइ देशको भविष्यमा ध्यान दिन सबैमा अपिल गरेका हुन् । प्रधानमन्त्रीले राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिंदै सबैलाई आ–आफ्नो कर्ममा समर्पित हुन आग्रह गरे ।
एकीकृत समाजवादीभित्र विचारको मतभेद छैन
एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी भित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेका छन् । पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी)ले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले पार्टीले नेता, कार्यकर्ताहरुको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रश्तुत हुने राजनीतिक, सांगाठनिक लगायतका दस्तावेजहरु तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको पुष्टि हुन गएको तर्क गरे ।
चिनिया नागरिक सँग नेपाली नागरिकता
६ किलो सुन सहित पक्राउ परेका चिनियाँ नागरिक क्रिप्टोको कारोबारी रहेको खुलेको छ । सुनको भुक्तानी क्रिप्टोमार्फत भएको देखिएपछि चिनियाँ नागरिक सोनाम गुरुङको संलग्नता खुलेको थियो । सेराप र शेरब ग्याल्बो नाम बताउने चिनियाँ नागरिक ३७ वर्षीय सोनामलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आइतबार राति पक्राउ गरेको थियो । टेपले बेरेर राखेको अवस्थामा प्रहरीले ६ वटा १ किलो दरका सुनका बिस्कुट र ४८ लाख रुपैयाँ बरामद गरेको हो । पक्राउ परेका सोनामले मुस्ताङबाट नेपाली नागरिकता लिएको समेत भेटिएको सीआईबीले जानकारी दिएको छ ।







प्रतिक्रिया