२९ चैत्र २०८२, आइतबार । April 12, 2026

असार २ गते आइतबार दिनभर के–के भयो ? (भिडियो सहित)

वडाध्यक्षहरुलाई बालेनको चेतावनी ! प्रेमिका भित्र्याउन श्रीमतिको हत्या ! मनकामना केबुलकार बन्द ! फर्मेसीबाट लागु औषध बिक्री ! लुटियो ३ केजी सुन र ३५ केजी चाँदी…


२ असार २०८१, आइतबार  

132
Shares

वडाध्यक्षहरुलाई बालेनको चेतावनी
काठमाडौं महानगरका प्रमुख बालेन शाहले नेपाली कांग्रेस र नेकपा एमालेका वडाध्यक्षहरुलाई पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउन चेतावनी दिएका छन् । आज तय भएको नगरसभा कांग्रेस र एमालेका वडाध्यक्षहरुले बहिस्कारका कारण स्थगित भएपछि मेयर बालेनले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका हुन् । ३ जना नेताले गर्दा १ सय ६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको उनले उल्लेख गरेका छन् ।

बालेनविरुद्ध आन्दोलनमा कबाड व्यवसायी
काठमाडौं महानगरपालिकाले रिङरोड भित्रबाट कबाड हटाउने निर्णय गरेको विरोधमा कबाड व्यवसायीले प्रदर्शन गरेका छन् । आइतबार उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । कबाड व्यवसायी संघर्ष समिति गठन गरेका उनीहरुले छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर जस्ता प्लेकार्ड बोकेर आन्दोलन गर्न पुगेका थिए ।

लुटियो ३ केजी सुन र ३५ केजी चाँदी
चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ जना व्यक्ति आएर करिब ३ केजी सुन, ३५ केजी चाँदी र २ लाख नगर लुटपाट गरेका हुन् । लुटपाटमा संलग्न भएको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

प्रेमिका भित्र्याउन श्रीमतिको हत्या
धनुषको महेन्द्रनगरबाट आठ दिनअघि बेपत्ता एक महिलाको शव फेला परेको छ । क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेको अवस्थामा शनिबार भेटिएको प्रहरीले जनाएको छ । उनको शव मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा भेटिएको थियो । हत्या उनकै श्रीमान राजु यादवले गरेको प्रहरीले पुष्टि गरेको छ ।

यादव पार्टीबाट निष्काशित
प्रतिनिधिसभा सदस्य महिन्द्र राय यादव नेपाल समाजवादी पार्टीबाट निष्काशित भएका छन् । पार्टीले यादव लगायत अन्य नेताहरुलाई पनि पार्टीबाट निष्काशित गरेको छ । नसपाले आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीको विधान विपरितका गतिविधिमा लागेको भन्दै उनीहरुलाई पार्टीबाट हटाउने निर्णय गरेको थियो । यादव सहित प्रदेश सांसद गंगानारायण श्रेष्ठ, रमेशप्रसाद यादव लगायत नेताहरुलाई पनि सदस्यबाट हटाइएको छ ।

मनकामना केबुलकार बन्द
नेपालको पहिलो मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको हो । डिजिटल प्रणालीमा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको छ । मनकामना केबुलकार स्थापनाको २६ बर्ष पुरा भइसकेको छ ।

फर्मेसीबाट लागु औषध बिक्री
औषधि पसलबाट लागु औषध बिक्री गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–४ घर भएका २५ वर्षीय बिनिता कुमाल, भक्तपुर नगरपालिका–४ घर भएका २४ वर्षीय रुकेश श्रेष्ठ, सिन्धुली घर भएका २३ बर्षीय राकेश खड्का र ओखलढुंगा घर भएका २२ वर्षीय ध्रुव कटुवाल छन् । गोंगबुस्थित मित्रनगरमा सञ्चालनमा रहेको कविता फार्मेसीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ७ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व