८ चैत्र २०८२, आइतबार । March 23, 2026

टी–२० विश्वकप

नेपाल र बंगलादेश भिड्दै, बर्षाले खेल विथोल्ने सम्भावना कति ?


२ असार २०८१, आइतबार  

36
Shares

वेष्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो चौथो र अन्तिम खेल सोमबार खेल्दैछ ।

उक्त खेलमा नेपाल र बंगलादेशबीच प्रतिष्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार बिहान ५ बजेर १५ मिनेटमा क्यारेबियन क्षेत्रको किङ्सटाउनस्थित निकै पुरानो आर्नोस भेल स्टेडियममा हुनेछ । सोमबार बिहानको खेल नेपाल भन्दा पनि बंगलादेशका लागि निकै महत्वपूर्ण रहेको छ । शनिबार दक्षिण अफ्रिकासँग भएको खेलमा पराजित भएसँग नेपाल सुपर–८ को दौडबाट बाहिरिसकेको छ । तर, बंगलादेशको भने सुपर–८ मा पुग्ने सम्भावना निकै बलियो रहेकाले पनि नेपाल सँगको खेलमा बंगलादेश ‘गर या मर’ को अवस्थामा रहने छ ।

बंगलादेशविरुद्धको खेलमा नेपाली टोली भने आफ्नो प्रतिष्ठा उच्च बनाउने उद्देश्यले मात्रै मैदानमा ओर्लिने छ । हालसम्म विश्वकपको सुपर– ८ चरणका लागि सातवटा टोलीको टुङ्गो लागिसकेको छ । बाँकी एक टोलीको टुङ्गो लाग्न बाँकी रहेको अवस्थामा समूह डी बाट बंगलादेश र नेदरल्यान्ड्स सुपर–८ मा आफ्नो स्थान सुरक्षित गर्ने दाउमा छन् । त्यसका लागि सोमबार नै बंगलादेशले नेपालको सामना गर्नेछ भने नेदरल्यान्ड्सले श्रीलंकाको सामना गर्दैछ ।

नेदरल्यान्ड्स र श्रीलंकाबिचको खेल भने नेपाली समय अनुसार सोमबार बिहान ६ बजेर १५ मिनेटमा क्यारेबियन राष्ट्र सेन्ट लुसियाको ड्यारेन सामी क्रिकेट स्टेडियममा खेलिने छ । अन्तर्राष्ट्रिय किक्रेट काउन्सिल (आईसीसी) ले घोषणा गरेको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतालाई हेर्दा नेपाल १७ औँ स्थानमा रहेको छ भने बंगलादेश नवौँ स्थानमा रहेको छ । उक्त वरीयतामा श्रीलंका ८ औँ र नेदरल्यान्ड्स भने १५ औँ स्थानमा रहेका छन् ।

समूह डी बाट चार मा चार खेल जित्दै दक्षिण अफ्रिकाले यसअघिनै सुपर–८ मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । सोमबार बिहान हुने दुई खेलसँगै समूह डी का समूह चरणका सवै खेल सकिने छन् । उक्त समूहमा ८ अंकसहित दक्षिण अफ्रिका पहिलो, ४ अंकसहित बंगलादेश दोस्रो र दुई अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेको छ । समान एक–एक अंक बटुलेका नेपाल र श्रीलंका भने समूह चरणबाट घर फर्किने भएका छन् । समूह डी अन्तर्गत सोमबार बिहान हुने खेलमा नेपाललाई पराजित गरे बंगलादेश ६ अंकसहित सुपर–८ मा पुग्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल बर्षाका कारण विथोलियो वा बराबरी भयो भने पनि ५ अंकसहित बंगलादेशले आफ्नो सुपर–८ को यात्रा तय गर्नेछ । तर, नेपालसँग पराजित भएको खण्डमा भने बंगलादेशको सुपर–८ को यात्रा श्रीलंका र नेदरल्यान्ड्सबीचको खेलमा निर्भर रहनेछ । नेदरल्यान्ड्स श्रीलंकासँग पराजित भएमा वा खेल रद्द भएमा बंगलादेश सजिलै सुपर–८ मा पुग्नेछ । तर, नेदरल्यान्ड्सले श्रीलंकालाई पराजित गरेको अवस्थामा भने बंगलादेश र नेदरल्यान्ड्सको समान ४–४ अंक हुनेछ । यस्तोमा सुपर–८ मा पुग्ने टोलीको टुङ्गो नेट रन रेटका आधारमा लाग्नेछ ।

हाल बंगलादेश भन्दा नेदरल्यान्ड्स नेट रन रेटमा पनि निकै पछाडी छ । बंगलादेशको नेट रन रेट ०.४७८ छ भने नेदरल्यान्ड्सको नेट रन रेट –०.४०८ रहेको छ । आईसीसी टी–२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो र विश्वकपमा बंगलादेश सँगको भेट पनि दोस्रो पटक नै हो । बंगलादेशमा सम्पन्न २०१४ को टी–२० विश्वकपमा नेपाल पहिलो पटक सहभागि भएको थियो । उक्त विश्वकपको समूह चरणका खेलमा नेपाल समूह ए मा परेको थियो ।

उक्त समूहमा आयोजक बंगलादेश, अफगानिस्तान र हंकङ पनि थिए । नेपालले आफ्नो पहिलो खेलमा हङ्कङ्लाई ८० रनले पराजित गरेको थियो । दोस्रो खेलमा भने नेपाली टोली आयोजक बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो । यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले पराजित गरेको थियो । समूहचरणमा नेपाल र बंगलादेश दुवैले दुई–दुई खेलमा जित र एक–एक खेलमा हार व्यहोरेका थिए ।

यस हिसाबले नेपाल र बंगलादेशसँग समान ४–४ अंक रहेको थियो । तर, नेट रन रेटका आधारमा नेपालभन्दा अगाडि रहँदै बंगलादेश सुपर १० चरणमा पुग्न सफल भएको थियो । आज ठिक १० बर्षपछि नेपाली टोलीले विश्वकपको मैदानमा त्यहि बंगलादेश सँग भेट्दैछ । यस्तोमा नेपालले कस्तो नतिजा निकाल्छ ? कुनै दबाबमा नरहेको नेपाली टोलीको टेस्ट राष्ट्र बंगलादेशसँगको पुरानो बदला लिन सक्ला ? त्यो भने हेर्नैपर्नैछ ।

यद्यपी नेपाल र बंगलादेशबीचको खेल बर्षाका कारण विथोलिन्छ कि भन्ने डर पनि एकातिर छँदै छ । खेल हुने दिन सोमबार किङ्सटाउनमा बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार खेल हुने समयमा बर्षाको सम्भावना रहेको जनाइएको छ ।

यस्तो अवस्थामा खेल रद्द हुने सम्भावना पनि बलियो देखिएको छ । यसअघि बर्षाकै कारण नेपाल र श्रीलंकाबीचको खेल पनि रद्द भएको थियो ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ३ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो