१७ पुस २०८२, बिहिबार । January 1, 2026

टी–२० विश्वकप

अस्ट्रेलियासँग स्कटल्यान्ड ५ विकेटले पराजित, इंग्ल्यान्डलाई फाइदा



काठमाडौं । टी–२० विश्वकपमा अस्ट्रेलियाले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ ।

आइतबार भएको समूह बी अन्तर्गतको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९ दशमलव ४ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो । अस्ट्रेलियाका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । मध्य क्रममा लय गुमाएपछि अस्ट्रेलियाका मार्कस स्टोइनिसले तीव्र गतिमा अधशतकीय इनिङ्स खेले । उनले मात्र २९ बलमा ५९ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । अस्ट्रेलियाको जित साबिक विजेता इंग्ल्यान्डका लागि वरदान साबित भएको छ । नेट रन रेटका आधारमा स्कटल्यान्डलाई पछि पार्दै टोली सुपर ८ मा प्रवेश गरेको छ ।

दुई टोलीको अङ्क समान भए पनि इंग्ल्यान्डको रन रेट स्कटल्यान्डभन्दा राम्रो रहेको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ९ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य