१७ पुस २०८२, बिहिबार । January 1, 2026

टी–२० विश्वकप

सुपर–८ को दौडबाट बाहिरियो नेपाल



वेष्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप २०२४ मा सुपर–८ को दौडबाट नेपाल बाहिरिएको छ ।

समूह डी अन्तर्गत शनिबार बिहान आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिका सँग १ रनले पराजित भएसँगै सुपर–८ को दौडबाट बाहिरिएको हो । नेपाल समूह डी मा ३ खेलमा २ मा हार र १ मा नतिजा विहीन हुँदै १ अंकका साथ चौथो स्थानमा छ ।अन्तिम खेल नेपालले सोमबार बिहान बंगलादेशसँग खेल्नेछ । उक्त खेल जितेपनि ३ अंक मात्रै हुन्छ ।

जुन अंक सपर–८ मा आफनो स्थान सुरक्षित गर्न प्रयाप्त हुँदैन् । दक्षिण अफ्रिका ४ खेलमा ८ अंकका साथ अपराजित रहँदै सुपर–८ मा पुगेको छ । बंगलादेश ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंकका साथ दोस्रो स्थानमा छ । समूह डी बाट नेपाल र श्रीलंकाको भने सुपर–८ को सपना समाप्त भएको छ ।

शनिबार बिहान भएको खेलमा १ सय १६ रनको लक्ष्य पछ्याएको नेपला निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन मात्रै बनाउन सक्यो । समूह ए बाट भारत ३ खेलमा ६ अंकका साथ शीर्ष र अमेरिका ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा रहँदै सुपर–८ मा पुगेका छन् । समूह बी बाट अष्ट्रेलिया ३ खेलमा ६ अंकका साथ सुपर ८ मा पुगेको छ ।

समूह सी बाट वेष्टइण्डिज र अफगानिस्तान सुरुवाती तीन खेलमा जितका साथ सुपर ८ मा पुगेका छन् । समूह डी मा दक्षिण अफ्रिका अपराजित रहँदै सुपर–८ मा पुगिसकेको छ भने अब बंगलादेश र नेदरल्यान्स मध्ये एक टोलीले मात्रै सुपर–८ को यात्रा तय गर्नेछन् ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  १० : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य