९ पुस २०८२, बुधबार । December 25, 2025

जेठ ३२ गते शुक्रबार दिनभर के–के भयो ?

ओलीको बोली बोल्दै उपेन्द्र ! सिंहदरबार छिर्न अब कसैलाई चिन्नुपर्दैन ! ८४ मा एआईको डर ! महानगरमा अब पढ्दै–कमाउँदै…



राष्ट्रिय परिचयपत्र ‘गेम चेन्जिङ प्रोजेक्ट’
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र कार्यान्वयनलाई सरकारले गेम चेञ्जिङ प्रोजेक्टका रूपमा लिएको बताएका छन् । शुक्रबार आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लामिछानेले अब राष्ट्रिय परिचयपत्रको प्रयोग गर्ने नागरिकलाई विभिन्न कार्ड बोकेर हिँड्नुपर्ने बाध्यता अन्त्य हुने बताए । उनले नेश्नल आइडी प्रयोगमा आएपछि अपराधको डोर सिस्टम बन्द हुने समेत बताए । सरकारले साउन ३१ गतेबाट २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लगायतमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । पत्रकार सम्मेलनमा १८ हजार परिचयपत्र छापिरहेको जानकारी दिँदै एक करोड ४९ सेवाग्राहीको विवरण सङ्कलन गरिसकेको जानकारी दिइएको छ ।

एकीकृत समाजवादीको महाधिवेशन प्रतिनिधि बन्न एमालेको सदस्यता अनिवार्य
नेकपा (एकीकृत समाजवादी)ले आसन्न दसौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि हुन कम्तीमा ३ वर्ष पार्टी सदस्य भएको हुनुपर्ने योग्यता तोकेको छ । नेकपा एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा दसौँ महाधिवेशन गर्दैछ । एमालेबाहेकबाट एकीकृत समाजवादी प्रवेश गरेकाको हकमा पनि पुरानो पार्टीको सदस्यता नै लागू हुने अवस्था देखिएको छ । तर, आधाभन्दा बढी पार्टी सदस्य नयाँ भएको दाबी गरिएकाले उनीहरूको हकमा चाहिँ के हुने भन्नेमा विवाद देखिएको ती नेताको भनाइ छ ।

सिंहदरबार छिर्न अब कसैलाई चिन्नुपर्दैनः गृहमन्त्री
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सिंहदरबार प्रवेशमा अब कसैलाई चिन्नु नपर्ने बताएका छन् । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली लागू गरिएको छ । सिंहदरबार प्रवेश गर्नुपर्ने काम र आफ्नो परिचयपत्र भएपछि कसैलाई चिन्नु नपर्ने मन्त्री लामिछानेले बताए । अब सिंहदरबार छिर्न पहुँचवालाको सिफारिस नचाहिने भएको छ ।

क्युआर कोड स्क्यान गरेर गृहमन्त्रीलाई गुनासो गर्न सकिने सेवाग्राहीले आफू बसेकै ठाउँबाट आफ्नो गुनासो अब गृहमन्त्रीलाई गर्न पाउने भएका छन् । गृह मन्त्रालय मातहतका कार्यालयमा राखिने ‘क्युआर कोड’ स्क्यान गरेर सेवाग्राहीले आफ्नो गुनासो राख्न पाउने प्रणाली विकास गरिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । मातहतका निकायहरूमा ‘गृहमन्त्रीलाई भन्नुहोस्’ भन्ने सूचना सहितको क्युआर राखिने बताए ।

ओलीको बोली बोल्दै उपेन्द्र
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रभावमा परेर चोइटिएर गएकाहरूबाट पार्टीलाई कुनै असर नपरेको बताएका छन् । राष्ट्रिय एकता महाधिवेशन सकिए लगत्तै जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । अध्यक्ष यादवले महाधिवेशन पूर्ण रुपमा सफल भएको तर्क समेत गरे । महाधिवेशनले जसपासँग जनता र जनतासँग जसपा रहेको सन्देश दिएको उनले बताए । महाधिवेशनले बाँकी नेतृत्व छनोट गर्न दिएको जिम्मेवारी काठमाडौँ पुगेपछि टुङ्गो लगाउने उनले बताए ।

८४ मा एआईले चुनाव हराउछ
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले प्रविधिमा भएको विकासका कारण २०८४ सालको चुनावमा एआईले नेताको भाषण गरिदिने मात्रै नभई चुनाव हराउन पनि भूमिका खेल्न सक्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेट शीर्षक माथिको छलफलका क्रममा उनले आफ्नो क्षेत्रमा ५ लाख, १० लाख बजेट माग्ने सांसदहरूले २०८४ को चुनाव नजित्ने बताए । उनले विदेशी चलचित्र निर्माताहरुलाई नेपालमा सुटिङका लागि आकर्षित बताए । चलचित्र विकास बोर्डलाई बजेट छुट्टाएकोमा असन्तुष्टी व्यक्त गर्दै नयाँ चलचित्र आयोग गठन गर्नुपर्ने माग गरे ।

घर फर्कन शेखरको आग्रह
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मधेस प्रदेशमा पार्टी छाडेकालाई फर्किन आग्रह गरेका छन् । शुक्रबार जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले पार्टीका निष्क्रिय कार्यकर्तालाई कांग्रेसमा फर्किन आग्रह गरेका हुन् । लोकतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेसको हात मजबुद बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । कोइरालाले मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । मुलुक सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले आपसी सहकार्य र समन्वयबाट मुलुकको समृद्धिमा सबै मिलेर लाग्नुपर्ने उनको भनाइ थियो ।

टिकटक खुलाउन सांसद अशिम शाहको माग
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । टिकटक बन्द भएपछि डाटा बिक्रीबाट हुने आम्दानी घटेर एनसेलको १ अर्ब ४४ करोड र एनटिसीको डेढ अर्ब रुपैयाँ घाटा भएको तथ्याङ्कले देखाएको उनले बताए । टिकटकबाट साना व्यवसायीले गरेको घरेलु व्यवसाय विस्थापित भएको कुराको हिसाबकिताब गरिसाध्य नभएको भन्दै अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै व्यवस्थित ढङ्गले टिकटक खोल्न सरकारसँग उनले आग्रह छन् ।

लागु औषध प्रयोगमा पूर्ण बन्देज
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने भएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन शाहले यस्तो घोषणा गरेका हुन् । साथै, जंक फुड प्रयोगलाई समेत निरुत्साहित गरिने उनले बताए । महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने उनले बताए । बहुआयामिक शहरी गरिबी निवारणका लागि लक्षित कार्यक्रम ल्याइने समेत उनको भनाइ छ ।

महानगरमा अब पढ्दै–कमाउँदै
काठमाडौं महानगरपालिकाभित्र विद्यार्थीलाई पढ्दै–कमाउँदै जाने अवधारणा लागु गरिने भएको छ । मेयर बालेन शाहले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले यसका लागि ‘पार्ट टाइम’ काम गर्ने गरी रोजगारी सिर्जना गरिने बताए । काठमाडौं महानगरभित्र शैक्षिक संस्थाको चलअचल सम्पति शैक्षिक प्रयोजनमा मात्र प्रयोग गरिने उनले बताए । महानगरभित्रका सामुदायिक सिकाइ केन्द्रलाई पुस्तकालयका रूपमा विकास गरिने र निजी क्षेत्रका गैरसरकारी संस्थालाई पुस्तकालय विकासमा प्रोत्साहन गरिने उनको भनाइ थियो । विद्यालयको लेखा परीक्षण अब महानगरबाट गरिने उनले घोषणा गरे ।

नेपाली काठ जङ्गलमै कुहिने, विदेशी भित्र्याउने कहिलेसम्म ?
आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले नेपाली काठ प्रयोगका सम्बन्धमा सरकारको नीति माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा बजेटको मन्त्रालयगत छलफलमा बोल्दै उनले नेपाली काठ जङ्गलमा कुहिने र विदेशी काठले बजार तताउने दुर्भाग्य कहिले अन्त्य हुन्छ ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । जङ्गली जनावरबाट पीडित किसानलाई बजेट नपरेकोमा पनि उनले वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ८ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist