९ पुस २०८२, बुधबार । December 24, 2025

जेठ ३० गते बुधबार दिनभर के–के भयो ? (भिडियो सहित)

बाबुरामलाई रविको सुझाव ! संघीयतामाथि प्रश्नैप्रश्न ! प्रचण्डलाई मोडल बनाउने सोचमा रेशम ! कर्मचारीलाई प्रधानमन्त्रीको चेतावनी ! सेनाको भूमिकामा प्रश्न…



बाबुरामलाई शिक्षण पेशामा लाग्न सुझाव
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई शिक्षण पेशामा लाग्न सुझाव दिएका छन् । रास्वपालो नेता उत्पादन गर्न लिडरसिप एकेडेमी सुरु गर्ने अवधारणा बनाएको भन्दै लामिछानेले त्यसमा पढाउन भट्टराईलाई प्रस्ताव गरेको बताए । साथै उनले भट्टराईको राजनीतिक निरन्तरताको प्रशंसा गर्दै त्यसलाई कायम राख्न पनि सुझाव दिएका छन् ।

प्रदेश संरचना काम नलाग्ने भयो !
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको प्रदेश संरचनाले संविधानले परिकल्पना गरेजस्तो गर्न नसकेको टिप्पणी गरेका छन् । नेपाल समाजवादी पार्टीको स्थापना दिवशको कार्यक्रममा बोल्दै उनले अहिलेको प्रदेश संरचना बेढंगको भएको टिप्पणी गरेका हुन् । साथै उनले नेपालको प्रदेश संरचनाले संघीयताको मर्मलाई नै बदनाम गरेको भन्दै त्यसलाई पननिर्माण गर्नुपर्ने बेला भएको बताए ।

प्रधानमन्त्रीलाई मोडल बनाउने सोचमा रेशम
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि व्यङ्ग्य गरेका छन् । बुधबार नेपाल समाजवादी पार्टी (नेसपा) को स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो गीतमा मोडल बनाउन चाहेको भन्दै व्यङ्ग्य गरेका हुन् । देश र जनताको अवस्था दयनीय हुँदासमेत प्रधानमन्त्री प्रचण्ड फोटो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्नेमा मात्र सीमित भएको उनको आरोप थियो ।

टीकापुर घटनाबारे रेशमः राज्यले माफी माग्नुपर्ने भनाई
नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा थारुहरुलाई जबर्जस्ती दोषी बनाइएको बताएका छन् । उनले उचित क्षतिपूर्ति दिएर राज्यले माफी माग्नुपर्ने समेत बताएका छन् । साथै टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको भन्दै उनले गिरिशचन्द्र लाल आयोगमा उक्त विवरण रहेको पनि उल्लेख गरेका छन् ।

कर्मचारीलाई प्रधानमन्त्रीको कडा चेतावनी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक बर्षदेखि सबै राष्ट्रसेवकको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्वयन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक रहेको बताएका छन् ।

जलन पीडितमाथि अन्याय
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दवासिनी कांसाकारले जलन पीडितलाई सरकारले बजेटमा असमेटेर अमानवीयता भएको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा शहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारले बजेटमा जलनमा परेका हजारौं नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट समेत गरिन् ।

सेनाको भूमिकामा प्रश्न
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाली सेनालाई विकासमा लगाउन सकिने तर ठेक्का नै उसले लगाउने विषयमा सोच्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाली सेना सम्मानित संस्था भएको उल्लेख गर्दै साहले यस्तो तरिकाले सेनाको हैसियत घट्ने दाबी गरे । साथैसेनालाई आधुनिक बनाउन आवश्यक रहेको र यसका लागि सरकारले स्पष्ट नीति लिनुपर्ने उनको सुझाव थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist