काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६०० रुपैयाँ बढेर तोलामा १ लाख ४१ हजार ६ सय रुपैयाँ पुगेको हो । यसअघि तीन दिनसम्म सुनको मूल्य स्थिर रहेको थियो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य चाहिँ तोलामा रु ५ बढेको छ ।
मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको हो ।
प्रतिक्रिया