२९ चैत्र २०८२, आइतबार । April 12, 2026

टी–२० विश्वकप

सुपर–८ को दौडबाट बाहिरियो श्रीलंका ! नेपालको सम्भावना कति ?


३० जेष्ठ २०८१, बुधबार  

3k
Shares

काठमाडौं । वेष्ट इन्डिज र अमेरिकामा जारी आइसिसी टी–२० विश्वकप अन्तर्गत बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलंकाको खेल बर्षाका कारण रद्द भयो ।

अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा वर्षा नरोकिएपछि नेपाल र श्रीलंकाबिचको खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् । दुई खेलमा नेपाल एक अंकका साथ चौथो र तीन खेलमा एक अंक जोड्दै श्रीलङ्का अंक तालिकाको पुछारमा छ । यो साँगै सुपर–८ मा पुग्ने श्रीलंकाको सपना तुहिएको छ ।

टी–२० विश्वकपको पूर्वविजेता तथा टी–२० विशवकपमा सर्वाधिक खेल खेलेको श्रीलंका यसपटक भने समूह चरणबाट बाहिरिएको छ । यता, नेपाल र श्रीलंकाको खेल रद्द हुँदा यसको फाइदा भने दक्षिण अफ्रिकालाई भएको छ । नेपाल रहेको समूह डी बाट सुपर–८ मा पुग्ने पहिलो राष्ट्र बनेको छ दक्षिण अफ्रिका । साउथ अफ्रिकाले श्रीलङ्का, बंगलादेश र नेदरल्याण्डमाथि लगातार जित हासिल गरेको थियो । अब दोस्रो स्थानका लागि बंगलादेश, नेदरल्यान्डस्, श्रीलङ्का र नेपाल प्रतिस्पर्धामा छन् ।

दुई खेलमा एक जितसहित २ अंकसहित एक जित हासिल गरेका बंगलादेश र नेदरल्यान्डस् क्रमश दोस्रो र तेस्रो स्थानमा छन्। सुपर – ८ मा बंगलादेश र नेदरल्यान्ड्समध्ये एक टोलीको सम्भावना बलियो देखिन्छ । नेपालको सम्भावना पनि निकै कठिन छ । नेपालले अब दुई खेल खेल्न बाँकी छ । नेपालले दुवै खेल वेष्ट इन्डिजमा खेल्नेछ ।

जुन १५ मा दक्षिण अफ्रिका र जुन १७ मा बंगलादेशसँग खेल्ने तालिका छ । नेपालले सुपर–८ मा पुग्न बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ । त्यसमा पनि दुई खेल खेल्न बाँकी नेदरल्यान्ड्सले बाँकी खेलमा कस्तो नतिजा निकाल्छ भन्नेमा पनि भर पर्नुपर्ने हुन्छ । नेदरल्यान्ड्सले दुवै खेल जितेमा वा दुई खेल खेल्न बाँकी बंगलादेशले पनि दुवै खेल जितेमा नेपालको सुपर–८ खेल्ने सम्भावना सकिनेछ । त्यसैले सुपर–८ मा स्थान बनाउन नेपालका लागि निकै चुनौती छ ।

त्यसमा पनि बलिया टेष्ट राष्ट्र दक्षिण अफ्रिका र बंगलादेशलाई हराउन आफैँमा चुनौतिको बिषय हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व