१६ पुस २०८२, बुधबार । January 1, 2026

टी–२० विश्वकप

क्यानडामाथि पाकिस्तानको शानदार जित



एजेन्सी । टी–२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ ।

मंगलबार राति समूह ए अन्तरगतको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो । जितका लागि पाएको १ सय ७ रनको लक्ष्य पाकिस्तानले १७।३ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । पाकिस्तानका लागि मोहम्मद रिजवान र कप्तान बाबर अजमले जितको आधार तयार गरे । दुवैले दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरे ।

६२ बलमा ६३ रन जोडेको साझेदारी बाबर आउट भएपछि तोडिएको थियो । कप्तान बाबरले ३३ बलमा ३३ रन बनाए । उनले यस क्रममा १ चौका र १ छक्का प्रहार गरे । रिजवानले टोलीका लागि सर्वाधिक ५३ रन बनाए । उनले ५३ बलमा २ चौका र १ छक्का प्रहार गरे । यसअघि एरोन जोनसनको अर्धशतकको मद्दतले क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो ।

लो स्कोरिङ खेलहरु भइरहेको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जोनसनले शानदार ब्याटिङ गर्दै ४४ बलमा ५२ रन जोडे । उनले यसक्रममा ४ चौका र ४ छक्का प्रहार गरे । कलिम सानाले १४ बलमा १३ रन बनाए । कप्तान साद बिन जाफरले २१ बलमा १० रनको योगदान दिए । पाकिस्तानका लागि ह्यारिस राउफ र मोहम्मद आमिरले २–२ विकेट लिए ।

शाहिन शाह अफ्रिदी र नसिम शाहले १–१ विकेट हात पारे ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ५ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई