१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

टी–२० विश्वकप

क्यानडामाथि पाकिस्तानको शानदार जित


३० जेष्ठ २०८१, बुधबार  

1.1k
Shares

एजेन्सी । टी–२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ ।

मंगलबार राति समूह ए अन्तरगतको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो । जितका लागि पाएको १ सय ७ रनको लक्ष्य पाकिस्तानले १७।३ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । पाकिस्तानका लागि मोहम्मद रिजवान र कप्तान बाबर अजमले जितको आधार तयार गरे । दुवैले दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरे ।

६२ बलमा ६३ रन जोडेको साझेदारी बाबर आउट भएपछि तोडिएको थियो । कप्तान बाबरले ३३ बलमा ३३ रन बनाए । उनले यस क्रममा १ चौका र १ छक्का प्रहार गरे । रिजवानले टोलीका लागि सर्वाधिक ५३ रन बनाए । उनले ५३ बलमा २ चौका र १ छक्का प्रहार गरे । यसअघि एरोन जोनसनको अर्धशतकको मद्दतले क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो ।

लो स्कोरिङ खेलहरु भइरहेको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जोनसनले शानदार ब्याटिङ गर्दै ४४ बलमा ५२ रन जोडे । उनले यसक्रममा ४ चौका र ४ छक्का प्रहार गरे । कलिम सानाले १४ बलमा १३ रन बनाए । कप्तान साद बिन जाफरले २१ बलमा १० रनको योगदान दिए । पाकिस्तानका लागि ह्यारिस राउफ र मोहम्मद आमिरले २–२ विकेट लिए ।

शाहिन शाह अफ्रिदी र नसिम शाहले १–१ विकेट हात पारे ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ५ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली