५ असार २०८३, शुक्रबार । June 19, 2026

मंगलबार पनि बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो


२९ जेष्ठ २०८१, मंगलबार  

12
Shares

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार नेप्से परिसूचक ३३ दशमलव १५ अंकले वृद्धि भएर २११५ दशमलव २४ को बिन्दुमा पुगेको छ ।

कम सेयर सप्लाई हुँदा ट्रेडरको रोजाइमा परेको हाइड्रोपावर उपसूचकसँगै बैंकिङ उपसूचकले पनि साथ दिँदा मंगलबार नेप्सेमा १ प्रतिशतभन्दा माथिको वृद्धि देखिएको हो ।पछिल्लो केही समय सप्लाई आउँदा पनि उक्त सप्लाईलाई खरिद गर्दा कारोबार रकम उच्च भएको थियो भने बजार बढ्नका लागि आधार समेत बन्दै गएको थियो ।

जसले गर्दा मंगलबार नेप्से २१०० को बिन्दु नाघेर बन्द भएको छ । मंगलबार हाइड्रोपावर उपसूचक सर्वाधिक २.५८ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक २.४० प्रतिशत, निर्जीवन बीमा उपसूचक २.१९ प्रतिशत, वित्त कम्पनी उपसूचक २.१६ प्रतिशत, व्यापार उपसूचक २.१२ प्रतिशत र बैंकिङ उपसूचक १.७३ प्रतिशतले बढेको छ । सोमबार ५ अर्ब ४९ करोडको कारोबार भएको बजारमा मंगलबार साढे ५ अर्ब नाघेको छ ।

७४ हजार ८७७ वटा कारोबारमा १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ५५ करोड ५४ लाखको कारोबार भएको हो । जसमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक ३६ करोड ३१ लाखको कारोबार भएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ३ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा