१७ पुस २०८२, बिहिबार । January 1, 2026

८ दशमलव ९० अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८ दशमलव ९० अंकले बढेको छ ।

यस्तै परिसूचक भने २०८२ दशमलव ०२ विन्दुमा पुगेर रोकिएको छ । आज नेप्सेमा ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ताभन्दा बढी सेयर किनबेच भयो । यस्तै १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको मूल्य घट्यो । यसबाहेक ९ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै घटबढ भएन ।

यस क्रममा २ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आएको छ । कुथेरी बुखारी स्मल हाइड्रोपावर र त्रिशूली जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले बढेको हो । यसबाहेक पिपुल्स पावर र मोलुङ हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । परिसूचक बढे पनि ६ कम्पनी समूहहरूको सूचकमा भने गिरावट आएको छ । बैंक, होटल र टुरिजम, जीवन बिमा, म्यूचुअल फण्ड, अन्य र व्यापार समूहमा गिरावट आएको छ ।

यसमध्ये व्यापार समूहमा ६१ अङ्कको र होटल तथा टुरिजम समूहमा ५१ अङ्कको गिरावट आएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ३ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई