१७ जेष्ठ २०८३, आइतबार । June 1, 2026

८ दशमलव ९० अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार


२८ जेष्ठ २०८१, सोमबार  

6
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८ दशमलव ९० अंकले बढेको छ ।

यस्तै परिसूचक भने २०८२ दशमलव ०२ विन्दुमा पुगेर रोकिएको छ । आज नेप्सेमा ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ताभन्दा बढी सेयर किनबेच भयो । यस्तै १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको मूल्य घट्यो । यसबाहेक ९ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै घटबढ भएन ।

यस क्रममा २ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आएको छ । कुथेरी बुखारी स्मल हाइड्रोपावर र त्रिशूली जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले बढेको हो । यसबाहेक पिपुल्स पावर र मोलुङ हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । परिसूचक बढे पनि ६ कम्पनी समूहहरूको सूचकमा भने गिरावट आएको छ । बैंक, होटल र टुरिजम, जीवन बिमा, म्यूचुअल फण्ड, अन्य र व्यापार समूहमा गिरावट आएको छ ।

यसमध्ये व्यापार समूहमा ६१ अङ्कको र होटल तथा टुरिजम समूहमा ५१ अङ्कको गिरावट आएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ३ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था