२३ बैशाख २०८३, बुधबार । May 7, 2026

साताको पहिलो कारोबारको दिन ४ दशमलव ५९ अंकले घट्यो नेप्से


२७ जेष्ठ २०८१, आइतबार  

6
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार ४ दशमलव ५९ अंकले घटेको छ ।

कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ दशमलव ५९ अंकले घटेर बन्द भयो । यसक्रममा आइतबार ९७ वटा कम्पनीको मूल्य बढेको छ भने १ सय ४७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ३ कम्पनीको मूल्य भने स्थिर छ ।

आइतबार परिसूचक घटेको दिन पनि ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ४ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । परिसूचक सामान्य अंकले घटेपनि ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेर बन्द भएका छन् । इस्टर्न हाइड्रोपावर, शुभव पावर, सिटी होटल र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यसपछि भगवती हाइड्रोपावर डेभलपमेन्ट र सामलिङ पावर कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ३ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको