२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

टी–२० विश्वकप

अस्ट्रेलियासँग इंग्ल्याण्ड ३६ रनले पराजित


२७ जेष्ठ २०८१, आइतबार  

63
Shares

एजेन्सी । जारी टी–२० विश्वकपमा समूह बी अन्तर्गतको खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ ।

२ सय २ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६५ रन मात्र बनाउन सक्यो । जितसँगै अस्ट्रेलिया दुई खेलबाट ४ अंक बटुल्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्याण्ड भने १ अङ्कसहित चौथो स्थानमा सीमित छ । इंग्ल्याण्डका लागि कप्तान जोस बटलरले सर्वाधिक ४२ रन बनाए ।

उनले २८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । फिल साल्टले २३ बलमा ३७ रन जोडे । त्यस्तै, मोइन अलीले २५ तथा ह्यारी ब्रुकले २० रन बनाए । अस्ट्रेलियाका लागि जोस हेजलवुड र मार्कस स्टोइनिसले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ५ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ