१७ पुस २०८२, बिहिबार । January 1, 2026

राजेश हमालको टिभी शो ‘यो नेपाली शिर उचाली’ शुक्रवारदेखि, पहिलो अतिथि पोर्चुगलका चर्चित नेपाली टंक सापकोटा



काठमाडौं । महानायक राजेश हमालको नयाँ टेलिभिजन शो ‘यो नेपाली शिर उचाली’ शुक्रवार साँझ ९ः३० बजेबाट हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ ।

कार्यक्रम साझा कथा युट्युब च्यानलमा पनि हेर्न सकिन्छ । कार्यक्रममा हमालले विदेशी भूमिमा संघर्ष गरि गर्व गर्न लायक काम गरेका नेपालीहरुसंग उनीहरुको कर्मथालोमै पुगेर साक्षात्कार गर्नेछन् । कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपियन मुलुकलाई कर्मभूमि बनाएका नेपालीहरुको कथाबाट सुरु हुँदैछ । कार्यक्रमको पहिलो भागमा पोर्चुगलका टंक सापकोटाको कथा समेटिएको छ । सापकोटा कुशल सेफ र सफल रेष्टुरेन्ट ब्यवसायी हुन् ।

पोर्चुगलको राजधानी लिस्बनमा रहेको उनको रेष्टुरेन्ट फोर्नो द ओरो युरोपका ५० उत्कृष्ट पिजेरियामध्ये १२ औं स्थानमा र पिज्जा नापोलितानमध्ये विश्वकै नम्बर १० मा परेको छ । केही अघि मात्रै पोर्चुगलमा खानाको हिरा भनेर चिनिने बहुमुल्य च्याउ ट्रफल पत्ता लगाएर उनी थप चर्चामा आएका छन् । बाग्लुङ्गका सापकोटा २७ पोर्चुगल पुगेका थिए । कार्यक्रमको पहिलो भागको टिजर आफ्नो फेसबुक पेजमा शेयर गर्दै प्रस्तोता राजेश हमालले लेखेका छन्, ‘कार्यक्रम हेरिसकेपछि तपाईंले पनि भन्नुहुनेछ यो नेपाली शिर उचाली’ । कार्यक्रम मुभ मिडिया प्रा.लि. र अल थ्री मिडिया घर प्रा.लि. ले संयुक्त रुपमा उत्पादन गरेको हो ।

कार्यकारी निर्माता विवेक रेग्मीले कार्यक्रममा समेटिने पौरखी कथाहरु संसारभरि छरिएका नेपालीका लागि प्रेरणा वन्ने बताएका छन् । कार्यक्रमले उनीहरुसंग भएको ज्ञान र सिपलाई स्वदेशसंग कसरी जोड्ने भन्ने बहसको सार्थक थालनी गर्ने उनको विश्वास छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ३ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई