७ चैत्र २०८२, शनिबार । March 21, 2026

राजेश हमालको टिभी शो ‘यो नेपाली शिर उचाली’ शुक्रवारदेखि, पहिलो अतिथि पोर्चुगलका चर्चित नेपाली टंक सापकोटा


२५ जेष्ठ २०८१, शुक्रबार  

9
Shares

काठमाडौं । महानायक राजेश हमालको नयाँ टेलिभिजन शो ‘यो नेपाली शिर उचाली’ शुक्रवार साँझ ९ः३० बजेबाट हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ ।

कार्यक्रम साझा कथा युट्युब च्यानलमा पनि हेर्न सकिन्छ । कार्यक्रममा हमालले विदेशी भूमिमा संघर्ष गरि गर्व गर्न लायक काम गरेका नेपालीहरुसंग उनीहरुको कर्मथालोमै पुगेर साक्षात्कार गर्नेछन् । कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपियन मुलुकलाई कर्मभूमि बनाएका नेपालीहरुको कथाबाट सुरु हुँदैछ । कार्यक्रमको पहिलो भागमा पोर्चुगलका टंक सापकोटाको कथा समेटिएको छ । सापकोटा कुशल सेफ र सफल रेष्टुरेन्ट ब्यवसायी हुन् ।

पोर्चुगलको राजधानी लिस्बनमा रहेको उनको रेष्टुरेन्ट फोर्नो द ओरो युरोपका ५० उत्कृष्ट पिजेरियामध्ये १२ औं स्थानमा र पिज्जा नापोलितानमध्ये विश्वकै नम्बर १० मा परेको छ । केही अघि मात्रै पोर्चुगलमा खानाको हिरा भनेर चिनिने बहुमुल्य च्याउ ट्रफल पत्ता लगाएर उनी थप चर्चामा आएका छन् । बाग्लुङ्गका सापकोटा २७ पोर्चुगल पुगेका थिए । कार्यक्रमको पहिलो भागको टिजर आफ्नो फेसबुक पेजमा शेयर गर्दै प्रस्तोता राजेश हमालले लेखेका छन्, ‘कार्यक्रम हेरिसकेपछि तपाईंले पनि भन्नुहुनेछ यो नेपाली शिर उचाली’ । कार्यक्रम मुभ मिडिया प्रा.लि. र अल थ्री मिडिया घर प्रा.लि. ले संयुक्त रुपमा उत्पादन गरेको हो ।

कार्यकारी निर्माता विवेक रेग्मीले कार्यक्रममा समेटिने पौरखी कथाहरु संसारभरि छरिएका नेपालीका लागि प्रेरणा वन्ने बताएका छन् । कार्यक्रमले उनीहरुसंग भएको ज्ञान र सिपलाई स्वदेशसंग कसरी जोड्ने भन्ने बहसको सार्थक थालनी गर्ने उनको विश्वास छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ३ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो