१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

टी–२० विश्वकप

आयरल्यान्ड र क्यानडा भिड्दै, यस्तो छ दुवै टोलीको विगत…


२५ जेष्ठ २०८१, शुक्रबार  

177
Shares

एजेन्सी । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शुक्रबार राति क्यानडा र आयरल्यान्डबीच भिडन्त हुँदैछ ।

खेल नेपाली समय अनुसार राति ९ बजेर १५ मिनेटमा अमेरिकाको न्युयोर्क स्थित नासाउ काउन्टी अन्तर्राष्ट्रि रंगशालामा हुनेछ । समूह ए मा रहेका आयरल्यान्ड र क्यानडाबीचको यो पहिलो खेल हो । उक्त समूहमा अमेरिका, भारत र पाकिस्तान पनि रहेका छन् । जारी विश्वकपमा समूह ए को यो चौथो खेल हो ।

समूहको पहिलो खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेलमा भारतले आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको थियो । समूहमा सबै दुई खेलमा नै जित निकाल्दै अमेरिका चार अंकसहित शिर्ष स्थानमा रहेको छ । दुई अंकसहित भारत दोस्रो स्थानमा रहेको छ ।
टी–२० विश्वकपमा आयरल्यान्डको यो ८ औँ सहभागिता हो ।

आयरल्यान्डले सन् २००९ मा सम्पन्न दोस्रो संस्करणदेखि निरन्तर रुपमा टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । यता, क्यानडाको भने टी–२० विश्वकपमा यो पहिलो सहभागिता हो । टी–२० विश्वकपमा हालसम्म २६ खेल खेलेको आयरल्यान्डले ७ वटा खेलमा जित र १६ खेलमा हार व्यहोरेको छ । आयरल्यान्डको बाँकी ३ खेल भने अनिर्णीत सकिएको छ । यता, क्यानडाले भने टी–२० विश्वकपमा हालसम्म एक खेल मात्रै खेलेको छ । त्यो पनि जारी विश्वकपको उद्घाटन खेलमा अमेरिका सँग पराजित भएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रि वरीयतामा आयरल्यान्ड ११ औँ स्थानमा रहेको छ । क्यानडा भने पछिल्लो आईसीसी वरीयताको २३ औँ स्थानमा रहेको छ । यसपटक क्यानडा र आयरल्यान्ड दुवै छनोट चरण पार गरेर विश्वकपमा पुगेका हुन् । आयरल्यान्ड र क्यानडाले हालसम्म आपसमा ४ वटा मात्रै टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

त्यसमध्ये दुई खेलमा आयरल्यान्ड र दुई खेलमा क्यानडा विजयी भएका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  १२ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली