१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

टी–२० विश्वकप

पाकिस्तान र अमेरिका भिड्दै, यस्तो छ दुवै टोलीको विगत…


२४ जेष्ठ २०८१, बिहिबार  

48
Shares

एजेन्सी । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० पुरुष क्रिकेटको नवौँ संस्करणमा बिहीबार उपाधी दाबेदार राष्ट्र पाकिस्तान र आयोजक राष्ट्र अमेरिका भिड्दैछन् ।

समूह ए मा रहेको पाकिस्तानको यो पहिलो खेल हो । सोहि समूहमा रहेका भारत, क्यानडा र आयरल्याण्डले आफ्नो पहिलो खेल खेलिसकेका छन् । जसमा भारत र अमेरिकाले एक–एक खेलमा जीत समेत हात पारिसकेका छन् । पाकिस्तान र अमेरिकाबीच आज हुने खेल नेपाली समय अनुसार राति ९ बजेर १५ मिनेटमा डालसस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ ।

यो त्यही रंगाशाला हो जहाँ नेपाल र नेदरल्याण्डको खेल भएको थियो । दाबेदार राष्ट्र पाकिस्तान आफ्नो पहिलो जितको खोजिमा रहेको छ भने यता अमेरिका भने बलियो राष्ट्रलाई हराउँदै लगातार दोस्रो जितसहित सुपर–८ को यात्रा सहज बनाउने धुनमा रहने छ । पाकिस्तान सन् २००९ को दोस्रो संस्करणको उपाधि विजेता पनि हो ।

त्यसबखत पाकिस्तानले फाइनलमा श्रीलंकालाई आठ विकेटले हराएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो टी–२० वरियतामा पाकिस्तान छैटौँ र अमेरिका १८ औँ स्थानमा रहेका छन् । पाकिस्तान टी–२० विश्वकपमा पहिलो संस्करणदेखि नै नियमित सहभागिता जनाउँदै आएको छ । अमेरिका भने टी–२० विश्वकपमा पहिलो पटक आयोजक राष्ट्रका रुपमा सहभागि हुने मौका पाएको हो ।

पाकिस्तानले हालसम्म टी–२० विश्वकपमा कुल ४७ खेल खेलिसकेको छ । जसमा २८ खेलमा विजयी र १८ खेलमा पराजित भएको छ । यसको विपरीत अमेरिकाले टी–२० विश्वकपमा हालसम्म एक खेलमात्रै खेलेको छ । जारी विश्वकपमा अमेरिकाले पहिलो जित निकाल्दै विश्वकपमा सुखद् सुरुवात गरेको थियो । पाकिस्तानले हालसम्म ३ पटक टी–२० विश्वकपको फाइनल खेलेको छ । जसमा एक पटक उपाधि जित्न सफल समेत भएको छ ।

टी–२० विश्वकपको पहिलो संस्करणको फाइनलमा पाकिस्तान भारतसँग ५ रनले पराजित भएको थियो । यस्तै सन् २०२२ को टी–२० विश्वकपको फाइनलमा भने पाकिस्तान इंग्ल्यायन्डसँग पाँच विकेटले पराजित हुन पुगेको थियो । पाकिस्तान र अमेरिकाले हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक खेल पनि खेलेका छैनन् । आजको खेल यी दुई टोलीको पहिलो भिड्न्त पनि हो । यसरी दुवै टोलीको विगतलाई नियाल्दा पाकिस्तान अमेरिका भन्दा धेरै बलियो देखिन्छ ।

पाकिस्तानको सम्भावित टोलीमा बाबर आजम (कप्तान), मोहम्मद रिजवान, साइम अयुब, फाखर जामन, सदाब खान, ईफ्तिखार अहमद, आजम खान (विकेटकिपर), साहिन शाह अफ्रिदी, नसिम शाह, ह्यारिस रौफ र मोहम्मद आमिर रहेका छन् ।

यस्तै अमेरिकाको सम्भावित टोलीमा मोनांक पटेल (कप्तान एवं विकेटकिपर), स्टिभन टेलर, एन्ड्रिज गौस, एरोन जोन्स, नितिस कुमार, कोरी एन्डर्सन, हरमित सिंह, साड्ली भान साल्कविक, जसदीप सिंह, अली खान र सौरभ नेत्रवाल्कर रहेका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ११ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली