७ फाल्गुन २०८२, बिहिबार । February 19, 2026

जेठ २३ गते बुधबार दिनभर के–के भयो ?

बालेनको अर्को महत्वपूर्ण निर्देशन ! माओवादीमा प्रचण्डको विकल्प खोजी ! प्रचण्डलाई पोखरामा कालोझण्डा ! काकाकुल बन्दै काठमाडौं…



अस्पतालहरुलाई काठमाडौं महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले महानगर भित्र सञ्चालित सबै अस्पतालहरुलाई १५ दिनभित्र आफ्नै औपाधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले बुधबार एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पतालहरुलाई अनिवार्य रुपमा आफ्नै औपाधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो । महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरुले आफ्नो स्वामित्वमा औपाधि पसल सञ्चालन गरेका छैनन् ।

माओवादीमा प्रचण्डको विकल्प खोजी !
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले केही बर्ष पार्टीको नेतृत्व नछाड्ने प्रष्ट संकेत गरेका छन् । माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय प्रशिक्षणमा प्रचण्डले नेतृत्वको पक्षमा उभिन नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् । साथै उनले माओवादी एकढिक्का भए आफ्नो नेतृत्वको सरकार पाँचै बर्ष जाने सम्भावना रहेको पनि बताएका छन् ।

प्रचण्डलाई पोखरामा कालोझण्डा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालोझण्डा देखाउने सहकारी पीडितले ठूलै गल्ती गरेको बताएका छन् । आफु नेतृत्वको सरकार पीडितहरुको पक्षमा रहेको र ५ लाखसम्मको बचत फिर्ता गर्ने तयारी भएको भन्दै यस्तो सरकारलाई कालोझण्डा देखाएर ब्लण्डर गरेको उनको भनाई थियो । उनले पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह जाँदै गर्दा सूर्यदर्शन सहकारी पीडितले कालोझण्डा देखाएर प्रदर्शन गरेका थिए ।

काकाकुल बन्दै काठमाडौं !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले काठमाडौंमा पानीको समस्याले विकराल रुप लिँदै गएको बताएकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशैभर खानेपानीको समस्या टड्कारो रुपमा देखापर्दै आईरहेको बताइन् । साथै उनले सदनबाट पटक–पटक यो बिषय उठान भइरहेको भएपनि उचित सम्बोधन नभएको बताइन् । हालसम्म ट्याङ्कर तथा जमिनमुनिको पानी प्रयोग गरेर काठमाडौं उपत्यकावासीहरुले पानीको समाधान गरिरहेको तर जमिनमुनिको पानी पनि सुक्दै गइरहेको स्मरण समेत उनले गरेकी छन् ।

कोशी सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा
कोशी प्रदेश सरकार गठन विवादको सुनुवाई सर्वोच्च अदालतको पूर्ण इजलासबाट हुने भएको छ । पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाई भएको थियो । इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको छ र अब २७ जेठबाट पूर्ण इजलासमा सुनुवाई हुनेछ ।

अग्नि सापकोटा विरुद्धको मुद्दाको फैसला अर्को महिना
पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले १२ असारमा निर्णय सुनाउने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटा विरुद्धको रिट निवेदनमाथि अन्तिम सुनुवाई गर्दै तीन सातापछि निर्णय सुनाउने मिति तोकेको हो । आफ्नो पतिको हत्यामा संलग्न सापकोटा विरुद्धको मुद्दा अघि बढाउनुपर्ने माग राखी काभ्रेकी पूर्णिमाया लामाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।

बजेटप्रति गगन थापाको कटाक्क्ष
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद्मा बजेट ल्याए पनि कुनै दलले स्वामित्व नलिएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बजेटको सैद्धान्तिक छलफलमा भाग लिँदै महामन्त्री थापाले बजेटको आलोचना गर्दा आफ्नै बोली गलपासो बन्ने खतरा रहेको टिप्पणी पनि गरेका हुन् । गत वर्ष कांग्रेसका अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट उत्कृष्ट रहेको टिप्पणी गरेको स्मरण गर्दै थापाले बजेटको माइबाप सुरुमै नहुने देखिएको पनि बताए ।

बजेटबारे उठेका प्रश्नमा अर्थमन्त्रीको जवाफ
अर्थमन्त्री बर्षमान पुनले चालु आर्थिक बर्षमा स्वदेशमा उत्पादन भएको आलु, प्याज र स्याउमा पनि मूल्य अभिवृद्धि कर (भ्याट) लागेकाले यस बर्ष हटाएको बताएका छन् । आलु, प्याज र स्याउमा लिँदै आएको भ्याट आगामी आर्थिक वर्ष २०८१÷८२ मा हटाएपछि नेपाली कांग्रेसका केही सांसदले यसबारे प्रश्न गरेका थिए । उनीहरुले चालु आर्थिक बर्षमा विदेशी आलु, प्याज र स्याउ उत्पादनमा मात्र भ्याट लगाइएको र त्यसले स्वदेशी उत्पादनलाई प्रोत्साहन पुगेको दाबी गर्दै यसलाई हटाउँदा स्वदेशी उत्पादन निरुत्साहित हुने जिकिर गरेका थिए । तर, अर्थमन्त्री पुनले भन्सार विन्दुमा विदेशी उत्पादनलाई मात्र भ्याट लगाउन प्रशासनिक रुपमा नमिल्ने हुनाले स्वदेशी आलु, प्याज र स्याउमा पनि भ्याट लागेकाले हटाएको बताएका हुन् ।

मनसुनजन्य विपद्बाट बच्ने के छ तयार ?
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपद्बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने तथा १८ हजार घरपरिवारलाई मनसुनजन्य विपद्मा उद्धार र राहत दिनुपर्ने आंकलन गरेको जानकारी दिएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको तयारी गरेको जानकारी समेत दिए ।

दुई दिनभित्र कार्यविधि बनाउने संसदीय छानबिन समितिको निर्णय
सहकारी संस्था बचत रकम हुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले दुई दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको समितिको बैठकले दुई दिनभित्रमा समितिले कार्यविधि बनाएर अर्को बैठकमा पेस गर्ने निर्णय गरेको हो । कार्यविधिको मस्यौदा बनाउने जिम्मेवारी समिति सचिवालयलाई दिइएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा