९ पुस २०८२, बुधबार । December 24, 2025

जेठ २२ गते मंगलबार दिनभर के–के भयो ?

बालेनमाथि एमालेको प्रहार ! देशको गोप्य सूचना बेच्ने को ? सरकारको भ्रष्टाचार विरोधी अभियानमा ब्रेक ! रास्वपा सांसद्लाई लाग्यो विश्वकप ! विश्वकपमा उत्साहित नेपाली टोली…



बालेनमाथि एमालेको प्रहार
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संयमता गुमाउँदै गएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद् भट्टराईले मेयर साहको चर्को आलोचना गरेका छन् । ५४ मा एमालेले काठमाडौं महानगरको चुनाव जितेपछि सभ्य सहर बनाउने अभियान थालेको भन्दै अहिले पनि आफुहरु बालेनलाई सहयोग गर्न तयार रहेको उनको भनाई थियो । पछिल्ला गतिविधि हेर्दा बालेनले लाखौँ युवालाई धोका दिन खोजेको उनले आरोप समेत लगाएका छन् ।

देशको गोप्य सूचना बेच्ने को ?
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग गोप्य सूचना बेच्ने सांसदबारे विस्तृत जानकारी माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले गोप्य सूचना बेच्ने बिषय आन्तरिक मामिला नभएको पनि बताए । गोप्य सूचना बेच्ने सांसद यहि सदनमा छ भनेर गृहमन्त्रीले बोलेको कुरा स्मरण गर्दै सांसद केसीले त्यो सांसदलाई नेपाली जनताले हेर्न चाहेको र यसको जानकारी दिनुपर्ने माग राखेका छन् ।

सरकारको भ्रष्टाचार विरोधी अभियानमा ब्रेक
सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सरकारको भ्रष्टाचार विरोधी अभियानमा सुस्तता आएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद दाहालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले डेढ बर्षको अवधिमा सुशासन, समृद्धि र सामाजिक न्यायको कार्यभार पूरा गर्ने प्रयास गरेको तर हाल सुस्तता आएको बताएका हुन् । साथै उनले संस्थागत भ्रष्टाचारका फाइल खोलिएको र तिनलाई किनारा लगाउन बाँकी रहेको पनि आँैल्याएका छन् ।

स्वास्थ्य सेवा शुल्क तोक्न माग
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारी तथा निजी अस्पतालहरुमा स्वास्थ्य सेवा शुल्क तोक्न माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले स्वास्थ्य सेवाको शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी हुन् । सांसद कार्कीले स्वास्थ्यकर्मीको दरबन्दी थप्ने र त्यसको व्यवस्थापन गर्ने काममा पनि सरकारले ढिलाई गर्न नहुने बताएकी हुन् । उनले मुलुकको स्वास्थ्य क्षेत्र लथालिंग भएकाले त्यसको नियमनमा उचित ध्यान दिन पनि सरकारलाई आग्रह गरेकी हुन् ।

शान्ति प्रक्रियाको बाँकी काम अविलम्ब टुंग्याउन जोड
नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरु अविलम्ब टुंग्याउनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै सांसद सिटौलाले शान्ति प्रक्रियाको बाँकी कामहरु अविलम्ब टुंग्याउनुपर्ने बताएका हुन् । उनले तत्कालीन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरुले अझैपनि न्याय नपाएको भन्दै उनीहरुलाई न्याय दिनका लागि अरु ढिला गर्न नहुने बताए । साथै उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसके राजनीतिक दलहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय विवादको घेराबाट मुक्त हुन नसक्ने बताए ।

बजेट उत्पादन केन्द्रित र वस्तुपरक छ
अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्षको बजेट सन्तुलित र विकासलाई प्राथमिकता दिनेगरी ल्याएको बताएका छन् । राष्ट्रिय सभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पुनले सन्तुलित बजेट ल्याएको बताएका हुन् । उनले आगामी बर्षको बजेट सातै प्रदेशलाई समानरुपमा बजेट वितरण गर्ने र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेको दाबी गरे ।

रास्वपा सांसद्लाई लाग्यो विश्वकप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्हरु नेपाली क्रिकेट टोलीको सम्मान र हौसलाका लागि संसद बैठकमा टीमको जर्सी लगाएर सहभागी भएका छन् । रास्वपाका सांसदहरुले विश्वकपमा भाग लिएको नेपाली टीमको हौसालाका लागि संसद बैठकमा जर्सी लगाएर आएको प्रतिक्रिया दिएका छन् । नेपालले आईसीसी टी–२० विश्वकपमा मंगलबार राति ९ः१५ बजे नेदरल्यान्ड्सको सामना गर्दैछ ।

विश्वकपमा उत्साहित नेपाली टोली
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी–२० विश्वकप २०२४ को पहिलो खेल खेल्न उत्साहित भएको बताएका छन् । मंगलबार नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्स सँग खेल्दै विश्वकप २०२४ को सुरुआत गर्दैछ । खेल नेपाली समय अनुसार राति ९ बजेर १५ मिनेटमा सुरु हुँदैछ । नेपालका कप्तान पौडेलले सबै टिम सन्तुलित र प्रतिस्पर्धी भएको भन्दै पहिलो खेल जित्नु निकै महत्वपूर्ण हुने पनि बताए ।

अरुण तेस्रो जलविद्युत आयोजना सुरुङको ‘ब्रेक थ्रु’
संखुवासभा मकालु–५ आमराङस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङको ब्रेक थ्रु भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो आयोजनाको सुरुङको ब्रेक थ्रु गरेका हुन् । सुरुङको ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा रखेको बताए । सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाई थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ७ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले